सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

बाढी/पहिरोबाट देशभर मृत्यु हुनेको संख्या ३१ पुग्यो, ४३ बेपत्ता

बाढी/पहिरोबाट देशभर मृत्यु हुनेको संख्या ३१ पुग्यो, ४३ बेपत्ता


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३ २०७८, बुधबार
सुदूरपश्चिम, ३ कात्तिक । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आइतबार रातिदेखि भइरहेको अविरल वर्षासँगै भएको डुवान र बाढी जस्ता प्राकृतिक विपदको घटनामा जोखिमा परेका नागरिकको उद्वारमा गर्दै नेपाल प्रहरीको टोली । तस्वीर : सौजन्य : प्रदेश प्रहरी कार्यालय

पोखरा/ केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी/पहिरो र डुबानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयबाट बुधबार बिहानसम्म प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपद्मा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् । सम्पर्कविहीन व्यक्तिको संख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ ।

अहिलेसम्मको प्राप्त विवरणअनुसार इलाममा सात, पाँचथरमा ६, डोटीमा सात, धनकुटामा ६, सुनसुरीमा दुई, कालीकोटमा एक, डडेलधुरामा एकसहित ३१ जनाको मृत्यु भएको प्रमुख पाण्डेले जानकारी दिइन् । उनले पहिरोमा परेर हुम्लामा छ, बझाङमा २३, कैलालीमा चारसहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएका बताइन् । अहिलेसम्म विभिन्न जिल्लाबाट ७०० को उद्धार गरिएको छ ।

बाढी पहिरोले प्रदेश १ मा २३ जनाको मृत्यु‚ १० जना बेपत्ता

प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । रातिदेखि नै वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कर्णाली र सुदूरपश्चिममा केही सुधार भएको छ । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->