बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बाढीले कावासोतीको पुल भत्कायो, खानेपानीको पाईप वगायो

बाढीले कावासोतीको पुल भत्कायो, खानेपानीको पाईप वगायो


  • खगेन्द्र पराजुली,
  • कार्तिक ३ २०७८, बुधबार

नवलपुर/ कावासोती नगरपालिकाको वजारक्षेत्र र वडा नं. ४ हसौरा जोड्ने केरुङ्गे खोलामाथीको पुलको आडैको फाउण्डेसन बाढीले भत्काउँदा आवागमन ठप्प भएको छ ।

असार, साउन र भदौमा खोलामा आएको बाढीले थोरै थोरै गर्दै क्षति पुर्याएको फाउण्डेसनमा गएरातीको बर्षातले सडक र पुललाई अलग बनाएको छ ।

स्थानीय उमेश डुम्रेका अनुसार अहिले उक्त पुलबाट पैदल वारपार गर्न सकिने भएपनि अन्य सवारी साधनहरु आउ–जाउ गर्न नमिल्ने गरी क्षति भएको छ ।

नवलपुर सदरमुकाम समेत रहेको कावासोती नगरपालिका–४ को हसौरा जोड्ने सो पुल अवरुद्ध हुँदा हुप्सेकोट गाउँपालिकाका शंखदेव, जुँगेपानी लगायतका स्थानीयको दैनिकीमा असहज पुग्ने भएको छ ।

यस्तै, केरुङ्गे खोलाको बाढीले कावासोती खानेपानी उपभोक्ता संस्थाको खानेपानी पाईपमा क्षति पुर्याएको छ ।

खानेपानी संस्थाका अध्यक्ष भीमलाल कंडेलका अनुसार यसअघिको बाढीले क्षति पुर्याएपछि अस्थायी रुपमा समस्या समाधान गरिएको पाईपलाईनमा गएरातिको वाढीले क्षति पुरयाएको हो ।

पाईपलाईनमा क्षति भएपछि कावासोती नगरपालिकाका वडा नं.६, ५ र २ का माथिल्लो भेगमा र अन्य वडामा पानी वितरणमा आशिंक प्रभाव पर्ने जनाईएको छ ।

अध्यक्षले कंडेलले स्थायी समाधान मंसीर यता गर्न नसकिने भएकले अस्थायी समस्या समाधानका लागि छिटै पहल हुने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->