बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गोलभेंडा : बजारमा महंगिदा टनेलमै खोसाखोस

गोलभेंडा : बजारमा महंगिदा टनेलमै खोसाखोस

टनेलबाटै किनबेच हुँदा किसान र उपभोक्ता दुबैलाई फाइदा पुगेको छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०७८, बिहिबार

तनहुँ/ दशैँको मुखैमा गोलभेंडाको मूल्यह्वात्तै बढ्यो । अधिकांशको भान्छामा प्रयोग हुने गोलभेंडाको मुल्य दशैँको बेलामाबढ्दा उपभोक्ताको ढाड सेकाएको छ ।तनहुँका बजारमा ४० रुपैयाँ प्रतिकिलो किनबेच भइरहेको गोलभेंडाको मुल्य एक्कासी बढेर १४० रुपैयाँमा पुग्दा उपभोक्ता मारमा छन् । बजारमा बढेको गोलभेंडाको भाउले साना किसानलाई भने फाइदा पु¥याएको छ । बजार नपाएर कुहाएर फाल्नुपर्नेगोलभेडा विचौलिया बिना किसानले लगाएको टनेलमैकिन्न उपभोक्ताको खोसाखोस भइरहेको छ ।

विचौलिया बिना टनेलबाटै १०० रुपैयाँ प्रतिकिलो गोलभेंडा बिक्री भइरहेको शुक्लागण्डकी नगरपालिका–१० मलागिरीका किसान सुरेन्द्र वाग्लेले बताए । ‘पहिला २५ रुपैयाँ प्रतिकिलो बिक्री हुन मुस्किल थियो । बजारमा दशैँको बेला भाउ बढ्यो। अहिले टनेलबाटै खोसाखोस भइरहेको छ’, उनले भने ।
बजारमा मूल्य बढ्दा गाउँमै माग धेरै भएको वाग्लेले बताए । ‘बजारबाट पनि माग छ । उत्पादन भएको सबै गाउँमै बिक्छ, पु¥याउन सक्ने अवस्था छैन्’, उनले भने । दशैँमा टीका थाप्न गाउँ आएका बजारियाले फर्कने बेलामा गाउँको टनेलबाट ताजा गोलभेंडा कोसेली लिएर फर्कने गरेका छन् । बजारमा गोलभेंडा सस्तो हुँदा गाउँमा बिक्न मुस्किल हुने उनले बताए । यसपालिविचौलिया बिना बिक्री हुँदाआफूले उचित मूल्य पाएको उनले जनाए । टनेलमै आएर किनबेच हुँदा किसान र उपभोक्ता दुवैलाई फाइदापुगेको वाग्लेको भनाइ छ ।

टनेलबाट प्रतिकिलो ८० रुपैयाँदेखि १०० रुपैयाँसम्म धमाधम बिक्री भइरहेको चापस्वाँराका किसान इन्द्र आले बताउँछन् । अहिले पाएको मूल्यले किसानलाई राहत पु¥याएको उनको भनाई छ । ‘यसरी मेहनत अनुसारको मुल्य पाउँदा किसानलाई निरन्तरता दिन हौसला मिल्छ । लगानीको प्रतिफल पाएपछि लगनशील समेत बनाउँछ’, उनले अगाडी थप्दै भने,‘यो समयमा परिश्रम अनुसारको फल पाईएको छ । विगतका बर्षमा निकै सस्तोमा बेच्नु परेको थियो । टनेलबाट बिक्री नहुदाँ व्यापारीलाई कम मुल्यमा दिँदा लगानी उठ्दैन्थ्यो ।’ बजारबाट तरकारी व्यापारीले ठूलो परिणाममा गोलभेंडा मागेपनि टनेलबाटै खुद्रा बिक्री भएपछि नदिएको उनले बताए । यही मूल्य कायम रहे यसपटक गोलभेंडा खेती गरेका किसानले मनग्य आम्दानी गर्ने उनको भनाई छ ।

गोलभेडाको उत्पादन कम हुँदा दशैँको बेला मूल्य ह्वात्तै बढेको तरकारी व्यवसायी रामनन्द चौधरीले बताए । उनका अनुसार यो सिजनमा तनहुँमा गोलभेंडा भारतसँगै काठमाडौं र धादिङबाट ल्याइन्छ । ‘मंहगो भएपछि यतिबेला भारतको गोलभेंडा ल्याइएको छैन् । काठमाडौँको मात्रै बजारमा आएको थियो । त्यसैले मंहगो भयो । अब धादिङमा पनि उत्पादन सुरु भएको छ । बजारमा आउन थालिसक्यो, बिस्तारै मुल्य घट्दै जानेछ’, उनले भने ।
अरु बेला भारतिय गोलभेडा सस्तो मुल्यमा बजारमा छ्यापछ्याप्ती हुदाँ किसानले मेहनत अनुसारको मुल्य नपाएको गुनासो गर्दथे । तर, अहिले टनेलबाटै खोसाखोस हुन थालेपछि किसान दंग छन् । गोलभेडा खेती गर्ने किसानलाई स्थानीय सरकारले अनुदान दिन थालेपछि गाउँ–गाउँमा टनेल थपिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->