नवलपुर, ४ कार्तिक– नवलपरासी पूर्व बिनयी खोलामा २ जनाको शव फेला परेको छ । २ मध्ये एक शवको पहिचान भएको छ भने अर्को शवको शनाखत हुन सकेको छैन् ।
बिनयी त्रिबेणी गाउँपालिका ५ कुसुन्डेस्थित उक्त खोलामा सोहि स्थानका ४५ वर्षीय जखुमाया चौहान र नाम वतन नखुलेको करिब ५० वर्षिय पुरुषको शव फेला परेको हो । घटनाबारे अनुसन्धान भइराखेको प्रहरीले जानकारी दिएको छ ।





