बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खोला र नदीले बगाउँदा नवलपुरमा तीन जनाको मृत्यु

खोला र नदीले बगाउँदा नवलपुरमा तीन जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०७८, शुक्रबार

नवलपुर/ विनयी खोला र नारायणी नदीले बगाएर तीन जनाको ज्यान गएको छ । पाल्पावाट नवलपुर आउँदै गरेका एक दम्पतीको विनयी खोलाले बगाएर मृत्यु भएको होभने नारायणीमा नुहाउने क्रममा पिठौलीस्थित गंगाज्योति स्नानघाटमा एक बृद्धको ज्यान गएको नवलपुर प्रहरीले जनाएको छ ।

विनयी त्रिवेणी गाउँपालिका वडा नं. ५ का ५० बर्षीय रुकबहादुर चौहान र ४५ बर्षकी डकुमाया चौहानको खोलाले बगाएर मृत्यु भएको हो भने बुटवल उपमहानगरपालिका बेलवास स्थायी घर भई आफन्तको बस्दै आएका ७८ बर्षीय मोहनलाल गैह्रेको नदीमा डुवेर मृत्यु भएको हो ।

पाल्पाको माथागढी ७ बाट घर फर्कने क्रममा बाटोमा पर्ने विनयी खोला तर्ने क्रममा खोलामा आएको बाढीले बगाउँदा चौहान दम्पतीको मृत्यु भएको नवलपुर प्रहरी कार्यालयका सूचना अधिकारी दिलीपकुमार गिरीले जानकारी दिए ।

उनीहरुको शव आज बिहिवार खोलामा ढुंगामा अड्केको अवस्थामा फेला परेको जनाईएको छ । नारायणीमा डुवेर ज्यान गुमाएका गैह्रेका शव स्नानघाटदेखि ३ सय मिटर तल पिठौली घाटमा फेला परेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->