आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेहा वुमन पावरलिफ्टिङ च्याम्पियन

नेहा वुमन पावरलिफ्टिङ च्याम्पियन


  • विजय नेपाली
  • कार्तिक ६ २०७८, शनिबार

नेहा बानुले गोर्खा क्लासिक नेपाल प्रिजेन्ट वुमन पावर लिफ्टिङ च्याम्पियनसिप उचालेकी छिन् । उनले आफ्नो तौल भन्दा ५.७ गुणा बढि तौल उठाउँदै च्याम्पियन बन्न सफल भएकी हुन् ।

ओभरअलमा १४ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी चुमिन् । च्याम्पियनसंगै उनले नगद ८० हजार रुपैँया सहित बेल्ट समेत हात पारिन् । उनले समग्रमा ३ सय ४१ किलो तौल उचालेकी हुन् ।

८१ किलो ३ ग्रामकी शर्मिलाले कुल ३ सय ६५ किलो तौल उचालेपनि च्याम्पियन बन्न भने सकिनन् । पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्डहलमा भएको च्याम्पियनसिपमा नेहाले ६० केजी तौल समुह मुनि दबदबा राखिन् । पुनम तामाङ कुल ३२३ किलो तौल उठाउँदै दोस्रो बनिन् । ज्योती थापा तेस्रो स्थानमा रहिन् ।

६० किलो तौल समूहभन्दा माथिको प्रतिस्पर्धामा शर्मिला शाह प्रथम हुन पुगिन् ।

यस्तै सिमा गुरुङ दोस्रो स्थानमा रहिन् । कोमल थापा तेस्रो स्थानमा रहिन् । दुबै तौलसमूहका प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः २५ हजार,१५ हजार र १० हजार रुपैँयाको साथमा ट्रफि र मेडल हात पारे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->