बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

भेट्रान्स मेयरकपमा सहभागि हुने पोखराको टिमलाई बरपिपलको जर्सी सहयोग

भेट्रान्स मेयरकपमा सहभागि हुने पोखराको टिमलाई बरपिपलको जर्सी सहयोग


  • ढोरपाटन संवाददाता
  • कार्तिक ७ २०७८, आइतबार

पोखरा,७ असोज– मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा सहभागि हुन जान लागेका पोखरा–११ भेट्रान्स टिमलाई बरपिपल रिसोर्टको साथ मिलेको छ ।

फुटबलर्स मिसन टुगेदरको आयोजनामा काठमाडौँमा हुन लागेको लिगका लागि पोखरा महानगरको भेट्रान्स टिमले पनि सहभागिता जनाउने भएको छ । उक्त टिमलाई बरपिपल रिसोर्टले २० थान जर्सी सहयोग गरेको छ ।

आइतबार पोखरा रंगशाला फुटबल मैदानमा रिसोर्टका संचालक जितु गुरुङले कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई जर्सी हस्तान्तरण गरेका हुन् ।

असोज ६ गतेदेखि १६ गतेसम्म संचालन हुन लागेको लिगमा १६ खेलाडी सहित पोखरा भेट्रान्सले सहभागिता जनाउन लागेको टिम संयोजक हिटलर घलेले जानकारी दिए ।

लिगमा सहभागि हुने खेलाडीहरुमा संयोजक घलेसहित इश्वर गुरुङ (चन्द्र), विजय गुरुङ, खिम गुरुङ, गंगा तामाङ, राजु तामाङ, संजय गुरुङ, महेन्द्र गुरुङ, सूर्य पुन, नरेन्द्र गुरुङ, सुरज गुरुङ, लक्षु गुरुङ, दिलिपराय माझी, मनोज गुरुङ, शंकर केसी, दिपेन्द्र तामाङ, दिलिप गुरुङ र कन्या गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->