बागलुङ/ बागलुङ जेसीजले आयोजना गरेको जेसीज सप्ताहको तेस्रो दिन बैँङ्कर्स करियर तालिम सम्पन्न गरेको छ ।
बागलुङका बिभिन्न बिद्यालय तथा धौलागिरी बहुमुखी क्याम्पसमा अध्ययनरत करिब ८० जना बिद्यार्थी तालिममा सहभागी भएका थिए ।
बैैँकमा आफ्नो करियर कसरी बनाउन सकिन्छ, बैङ्किङ्ग तयारी कसरी गर्ने, अन्र्तवाता कसरी लिईन्छ, जस्ता आधारभूत कुराहरु तालिममा सिकाईएको बैँङ्कर्स करियर तालिमका संयोजक अन्जिला श्रेष्ठले जानकारी दिइन् ।
तालिममा नविल बैँक मानव संसोधन बिभाग प्रमुख दिवस कार्की र गण्डकी प्रदेश प्रमुख सुर्य रोकाले सहजीकरण गरेका थिए । तालिम बागलुङ जेसीजका अध्यक्ष आनन्नप्रसाद रेग्मीको अध्यक्षता, सप्ताहका मूल संयोजक अमर बहादुर थापाको स्वागत तथा शाखा सम्पादक ताराप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्तिक ६ गतेदेखि १२ गतेसम्म बिभिन्न कार्यक्रमको आयोजना गरि मनाउन लागेको सप्ताह अन्तरगत चौथो दिन कार्तिक ९ गते स्वास्थ्य र पर्यावरणका लागि साइकल यात्राको आयोजना गरिएको छ ।
त्यसैगरि पाँचौ दिन कार्तिक १० गते प्रभावकारी भाषण कला तालिम, छैटौ दिन कार्तिक ११ गते वाइवाई अन्तर मावि नृत्य प्रतियोगिता र अन्तिम दिन कार्तिक १२ गते स्वर्गिय प्रगति स्मृती बक्तृत्वकला प्रतियोगिता सहित पुरस्कार बितरण र समापन कार्यक्रम गरिने मूल संयोजक अमरबहादुर थापाले बताए ।





