बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

११ बर्षिय बालकको मृत्युदावी भुक्तानी

११ बर्षिय बालकको मृत्युदावी भुक्तानी


  • ढोरपाटन संवाददाता
  • कार्तिक १० २०७८, बुधबार

बागलुङ – नेपाल लाइफ इन्सोरेन्स कंपनीले ११ बर्षिय बालकको मृत्युदावी भुक्तानी गरेको छ । बानपा-४ उपल्लाचौरका एक बालकको कालीगण्डकी नदीमा परेर बेपत्ता भएपछि खोजी गर्दा नभेटिएको र प्रहरीले मृत्यु भएको अनुमान गरेपछि कंपनीले भुक्तानी दिएको हो ।

गत साउन १४ गते नदीमा बेपत्ता भएका ११ बर्षका यमन पुनकी आमा जमुनालाई नेपाल लाइफ इन्सोरेन्स कंपनीका शाखा प्रमुख महेन्द्र गुरुङले १० लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । उनीहरुले गत असारमा बिमा गरेर पहिलो किस्ता स्वरुप ९५ हजार ८ सय ९३ रुपैयाँ बुझाएका थिए । घटनाको प्रमाणित भएको र कागजात पुगेपछि कंपनीले बिमांक रकम भुक्तानी दिएको हो ।
बीमा गरेपछि सजिलै भुक्तानी पाइदैन भन्नेलाइ यो गतिलो जवाफ भएको गुरुङले बताए । उनले हरेक नागरिक बिमित हुनुपर्ने भन्दै घटना भएमा परिवारले राहत पाउने र नभएपनि भविष्यकालागि उचित बचत हुने बताए । मंगलवार एक कार्यक्रम गरी उक्त रकम हस्तान्तरण गरियो । कार्यक्रममा कंपनीका बिमला कंडेलले कार्यक्रम संचालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->