सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

महिला नेतृत्व शून्य !

महिला नेतृत्व शून्य !

वडा र पालिका तहमा भएको अधिवेशनमा मुख्य नेतृत्वमा मात्रै होइन, पदाधिकारीमा समेत महिला शून्यप्रायः देखिए ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०७८, बिहिबार

बागलुङ / प्रमुख दलहरु नेकपा एमाले र नेपाली कांग्रेसको पालिका अधिबेशनबाट बागलुङमा महिलाको संख्या शून्य भएको छ । दसैंअघि नेपाली कांग्रेसले गरेको १० वटै स्थानीय तहको अधिवेशनमा महिला नेतृत्व शून्य भएको बागलुङमा एमाले अधिवेशनले पनि महिलालाई नेतृत्वमा ल्याउन नसकेको हो ।

संविधानमा ३३ प्रतिशत महिलाको अधिकार सुनिस्चित गरेका दलहरुले नै आफ्नै पार्टी संरचनामा महिलाको नेतृत्व स्वीकार नगरेका हुन् । बागलुङमा जारी नेकपा एमालेको पालिका अधिवेशनअन्र्तगत ६ वटा स्थानीय तहमा पुरुष अध्यक्ष चयन भएका छन् ।

कांग्रेस र एमाले दुवैले जिल्लाका ८५ वडामध्ये कुनैपनि वडामा महिला अध्यक्ष निर्वाचित गर्न सकेनन् । दलहरुका विधानमा समेत ३० देखि ४० प्रतिशत महिला हुनुपर्ने उल्लेख भएपनि आफ्नै विधानविपरित नेतृत्व चयन गरेका हुन् ।
समाचार तयार पार्दासम्म एमालेको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएका बागलुङका ६ वटा पालिकामा पुरुष नै नेतृत्वमा आए । तमानखोला गाउँपालिकामा उपाध्यक्षबाहेक अन्य पालिकामा उपाध्यक्षसमेत पुरुष नै भए । अधिवेशन हुन बाँकी रहेको जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र निसीखोला गाउँपालिकामा पनि पुरुष नै नेतृत्वमा आकांक्षी छन् भने निर्वाचनको समय तोकिएको बागलुङ नगरपालिकामा ६ जना पुरुष अध्यक्षका आकांक्षी छन् ।
‘महिला कमरेडहरू प्रमुख हुन विधानमै तोकिनु पर्ने हो र ? खै त नेतृत्वको सोच ?’ एमाले बागलुङकी क्रियाशील नेतृ ममतादेवी शर्माले सामाजिक सञ्जालमा लेखेकी छन् । उनले प्रविष्ट गरेको विचारले प्रष्ट हुन्छ कि महिलाहरु नेतृत्वमा आउन चाहन्छन् । तर वातावरण छैन । अखिल नेपाल महिला संघ बागलुङकी संयोजक सावित्रा रानाले महिला नेतृत्वमा आउने वातावरण नै तयार नभएको बताइन् । नेतृत्वमा ल्याउनका लागि पहिलेदेखिनै महिलाका लागि राजनीतिमा सहज वातावरण बनाउनुपर्ने उनको तर्क छ ।

‘नेतृत्व पाइएन भन्नेमात्रै होइन, त्यो खालको वातावरणनै बनेको छैन्, पुरुषजस्तो गरी राजनीतिमा पूरा समय महिलाले दिने र लाग्ने वातावरण बनाउनु पर्छ,’ उनले भनिन् ‘हामी सुरुआत गरेका छौं, आगामी अधिवेशनहरुमा अहिलेको जस्तो शून्य उपस्थिति नरहला भन्ने आशा गरौं ।’

महिलाको नेतृत्वमा उपस्थितिको विषयमा पुरुषहरुले पनि आवाज उठाउन थालेका छन् । ‘घरको कार्यक्रममा अबीर जात्रा जरूरी छैन हारजितको मनोभावनालाई भुलिदेऊ र महिलाको ३३ प्रतिशत अधिकारलाई मुख्य पदमा सम्मानपूर्वक राखौं,’ बागलुङ नगरपालिका ८, सिगानाका वडाध्यक्ष तथा एमालेका नेता राजन जिसीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मञ्चको चिल्ला भाषणले मात्र पार्टी बन्दैन है !’
पालिका र वडातहको नेतृत्व छनोट हुँदा पदाधिकारी बाहेकका पदमा भने पार्टीहरुले गणपुरक संख्या पु¥याउन महिलाहरु सहभागी गराउने गरेका छन् । कानुनी व्यवस्था भएपनि निर्वाचनको समयमा प्रक्रिया मिलाएर उनीहरु प्रमुख र उपप्रमुख भए । दुई फरक राजनीतिक दलबाट सहभागी छन् ।

स्थानीयतहमा महिलाको सहभागिता न्यून बनाएका राजनीतिक दलहरुले पार्टीको आन्तरिक निर्वाचनमा समेत वडा र पालिका तहमा महिलालाई नेतृत्व दिन सकेनन् । वडा र पालिकामा भएको अधिवेशनमा नेतृत्वमा मात्रै होइन, पदाधिकारीमा समेत महिला शून्यप्रायः देखिए । महिलाले नेतृत्व नपाएको असन्तुष्टि त प्रशस्तै छन् तर जाने ठाउँ छैन । साना राजनीतिक दलहरुको तुलनामा बागलुङमा ठूला राजनीतिक दलमा महिला नेतृत्वमा कम आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->