बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा एमाले अधिबेशन : कावासोती र देवचुलीमा सकस

नवलपुरमा एमाले अधिबेशन : कावासोती र देवचुलीमा सकस


  • खगेन्द्र पराजुली
  • कार्तिक ११ २०७८, बिहिबार

नवलपुर/ कावासोती र देवचुलीमा नेकपा एमालेलाई नगर अधिबेशन सम्पन्न गर्न हम्मे हम्मे परेको छ । हिजो मंगलवार सुरु भएको अधिबेशनमा सर्वसम्मत नेतृत्व चयन नहुँदा अधिबेशन सकिने समय नै अनिश्चित बनेको छ ।

केन्द्रीय नीति तथा निर्देशन अनुसारको सर्वसम्मत नेतृत्व चयनको दवाव परिरहदा निर्वाचन समिति र अध्यक्ष मण्डल तथा नेताहरु उम्मेदवारहरुलाई सहमतिमा ल्याएर मिलाएर लैजाने कोशिसमा लागिरहेका छन् । तर, सहमतिको परिणाम निस्कने संभावना भने कमजोर देखिएको छ ।

नगर कमिटिमा नेतृत्व गर्ने आकांक्षाका साथ अधिबेशन प्रतिनिधिमा चुनिएकाहरुले एकै पदमा आवश्यक संख्याभन्दा धेरै उम्मेदवारी दर्ता गराएका छन् । मंगलवार उम्मेदवार दर्ता गरेकाहरु २४ घण्टा वित्दा पनि उम्मेदवारी फिर्ता लिने मनसायमा छैनन् । कावासोती र देवचुलीमा सहमति कायम गर्न थुप्रै बसाइ र छलफल भएका छन् । कुनै निचोडमा पुगेको छैन । उम्मेदवारी दर्ता गरी प्रक्रिया कुरेर बसेकाहरुको एउटै भनाई छ ।

कावासोतीमा अध्यक्षमा ५, उपाध्यक्षमा ६, सचिवमा ५ र सहसचिवमा १० जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा बुद्धिसागर पोख्रेल (सागर), अर्जुन कुमार श्रेष्ठ, भुपेन्द्र खनाल, जीवनराज सापकोटा, रामकृष्ण ढुंगानाको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा देवीमाया घिमिरे, शंकर गिरी, नारायण शर्मा तिवारी, कोपिला पौडेल, ईश्वरी भुसाल ढकाल र नेत्रबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी सचिवमा सालिकराम कोइराला, चिरञ्जीवि जिसी, राजेन्द्र पाण्डे, विष्णु पौडेल र नेल्सन सुवेदीको उम्मेदवारी दिएका छन् ।

देवचुलीमा पनि नेतृत्वमा हानथाप परेको छ । अध्यक्षमा ४, उपाध्यक्षमा ५, सचिवमा ४ र सहसचिवमा ७ जना उम्मेदवार छन् । अध्यक्षमा कृष्णबहादुर केसी, दिनानाथ भुसाल (दिनेश), सागर न्यौपाने र रुमाकला काफ्लेको उम्मेदवारी परेको छ । उपाध्यक्षमा भीमलाल तिवारी, नारायणदत्त भुर्तेल, गिरबहादुर थापा (राम), दीपक भटराई र शेषकान्ती सापकोटा (मीना)ले उम्मेदवारी दर्ता गरेका छन् ।

सचिवमा डिलाराम पाण्डे, सुरजकान्त सुवेदी, जीवन श्रेष्ठ र कृष्ण वाग्लेले उम्मेदवारी हालेका छन् । मध्यविन्दुमा मधुबिलास अधिकारी, हुप्सेकोटमा चेतन राना, बौदीकालीमा प्रकास ओझा र बुलिङटारमा मानबीर पुलामीको अध्यक्षतामा नगर तथा गाउँ कमिटि गठन भएका छन् । मंगलवार राती अवेर ति पालिकामा सर्वसम्मत कमिटि गठन भएका हुन् ।

गैंडाकोटमा भोली अधिबेशनको आह्वान भएको छ । विनयी त्रिवेणीमा अधिवेशन मिति अनिश्चित छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->