बागलुङ/धवलागिरी विरेन्द्र माविका पूर्व विद्यार्थीहरुले विद्यालयको शैक्षिक सुधारका लागि नगद सहयोग गरेका छन् । विद्यालयले आयोजना गरेको पूर्व विद्यार्थी स्वागत कार्यक्रममा सहभागि पूर्व विद्यार्थी तुलसीराम सापकोटा र नोर्वु घलेले जनही ५० हजार रपैयाँ सहयोग गरेका हुन् ।
विद्यालयका पूर्व विद्यार्थी, शिक्षकहुँदै नेपाल सरकारको अधिकृतबाट सेवा निबृत्त भएका हुन् सापकोटाले यसअघि पनि विद्यालयलाई सहयोग गर्दै आएका थिए । विद्यालयका पूर्व विद्यार्थी, पूर्व शिक्षक तथा गाउँ फर्क अभियान धौलागिरी अञ्चलस्तरीय अध्यक्ष, छार्का ताङसोङ गाउँपालिका–२ डोल्पा, हाल गोकर्णेश्वर नगरपालिका–८, काठमाडौं बस्ने नोर्वु घलेले २०५१ सालपछि पहिलोपटक विद्यालय आएर सहयोग गरेका हुन् । दुवै जनालाई विद्यालयले स्वागत गरेको थियो ।
कार्यक्रम शिक्षक केशव प्रसाद पौडेलको सञ्चालन, शिक्षक पूर्णराज रेग्मीको स्वागत तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन शर्माको अध्यतामा सम्पन्न भएको थियो । पूर्व विद्यार्थी तथा शिक्षकहरुबाट प्राप्त रकमलाई विद्यालयको शैक्षीक उन्नयनमा खर्च गरिने विद्यालयले जनाएको छ ।





