पोखरा, ११ कार्तिक– अभियान युवा क्लवको आयोजनामा बिहिवारदेखि चौथो अभियान भलिबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन ४ खेल सम्पन्न भएका छन् ।
पोखरा ५ मालेपाटन बाराही माध्यामिक विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा शान्ता भलिबल टे«निङ सेन्टरले वियन्का कृषि फार्मलाई ३–० को सोझो सेटमा हराएको छ ।
पहिलो सेट २५–७ को फराकिलो अंकले शान्ताले जितेपनि दोस्रो सेटमा भने कृषिफार्मले केहि सुधारिएको खेल देखाएको थियो । तर, शान्ता भलिबल टे«निङले दोस्रो सेटपनि आफ्नो पक्षमा पार्न सफल रह्यो ।
शान्ताले दोस्रो सेट २५–२३ तथा तेस्रो सेटमा २५–१८ को जित निकाल्यो । दोस्रो खेलमा मट्टिखान युवा क्लबले मालेपाटन भलिबल टे«निङ सेन्टरलाई ३–० कै सोझो सेटमा पाखा लगायो ।
मट्टिखानले मालेपाटनलाई पहिलो सेटमा २५–२० ले हरायो । दोस्रो सेटभने निकै रोमाञ्चक बन्न पुग्यो । दोस्रो सेटमा पनि अन्ततः मट्टिखाननै हावि हुदैँ ३४–३२ को जित निकाल्यो ।
तेस्रो सेटमा २५–२३ ले हराउँदै सोझो सेटले जित आफ्नो पक्षमा पारेको हो । तेस्रो खेलमा भने कृस्ती युवा मिलन क्लबले कुदवि डाडाँ युथ क्लब माथि ३–२ सेटको पुनरागमन जित निकाल्यो ।
पहिलो र दोस्रो सेटमा २५–२३ र २५–१६ ले पछि परेको कृस्तीले तेस्रो सेटबाट भने लगातार जित आफ्नो पोल्टामा पा¥यो । तेस्रो सेटमा २५–१५ को जित निकालेको कृस्तीले चौथो सेटमा २५–२१ को जित निकाल्दै खेललाई निकै रोमाञ्चकता तर्फ धकेलेका थिए ।
अन्तिम सेटमा १५–८ को सेटले हराउँदै पुनरागमन जित निकालेको हो । बिहिवारको अन्तिम खेलमा बाराही माविले शसस्त्र प्रहरी बल कालिका गणलाई ३–० को सोझो सेटमा पाखा लगायो ।
बाराहीले २५–१८, २५–२० र २५–२१ को सेटमा हरायो । प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रवक्ता एवम् पोखरा महानगरपालिका ५ का वडाअध्यक्ष धनबहादुर नेपालीले क्लबले निकै उत्कृष्ट कार्य गरेको बताए ।
प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा इट्टा थप्ने काम गरेको उनले सुनाए । उनले मालेपाटन पोखराको खेलकुद विकासका लागि महत्वपूर्ण स्थान रहेको बताए ।
‘ हाम्रो वडा खेलकुदका लागि निकै महत्वपूर्ण वडा हो । यहाँ क्रीकेट ,व्याडमिन्टन,फुटबल, ठेलो लगायतका खेलहरु हुँदै आइरहेको छ । अब बास्केटबल कोर्ट पनि निर्माणको अवस्थामा छ’ उनले भने ।
विश्वमा नेपाललाई खेलकुदको माध्यमबाट चिनाउन सकिने उनको भनाइ थियो । सोहि अवसरमा बोल्दै खेल संयोजक एवम् क्लबका अध्यइा राजु गिरीले क्लबले आयोजना गरेको प्रतियोगिताको सुरुवाती संस्करणमा केहि विवाद आउने गरेपनि पछिल्लो समय भने सौहाद्रपूर्ण वातावरणमा खेल हुने गरेको बताए ।





