तनहुँ/तनहुँमा जनप्रतिनिधी सहित २९ जना कौडा खालबाट पक्राउ परेका छन् । बुधबार विहान १ बजे शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी लालिममा विलबहादुर गुरुङको घरबाट कौडा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । विलबहादुर गुरुङ शुक्लागण्डकी–८ का वडा सदस्य हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले छापा मार्दा कौडा खेल्दै गरेको अवस्थामा नगद नौ लाख ११ हजार ४ सय ५ रुपैयाँ सहित २९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक युवराज तिम्लिसिनाले जानकारी दिए । उनका अनुसार ३२ वटा कौडा समेत बरामद गरिएको छ । ठुलो धनराशीको जुवा खाल बसेको सुचना पाएपछि प्रहरीले छापा मारेको उनले बताए ।
प्रकाउ पर्नेमा शुक्लागण्डकी–८ का वडा सदस्य समेत रहेका घरधनी विलबहादुर गुरुङ, भानुभक्त पराजुली, नारायणसिंह थापा, चूडामणि पौडेल, रमेश भट्टराई, पदमबहादुर गुरुङ, भरत गुरुङ, मुमलाल विक, रोशन भट्टराई, प्रकाश भट्टराई, सोमप्रसाद पौडेल, श्याम गुरुङ, मणिरत्न पौडेल रहेका छन् । शुक्लागण्डकी–४ का सुरज रामजाली, निर पुन, अन्जन गुरुङ, प्रकाश गुरुङ, बिकी गुरुङ, दिलचन्द्र पुन, जितबहादुर सुनार, मोहित ज्वारचन, राजु पुन, राजु मगर र मानबहादुर परियार रहेको प्रहरीले जनाएको छ ।
शुक्लागण्डकी–२ का रुपेश गुरुङ, शुक्लागण्डकी–३ का गोविन्द विक, शुक्लागण्डकी–११ का कृता भट्टराई पनि पक्राउ परेका छन् । प्रकाउ परेका विरुद्ध जुवा ऐन अनुसार कारबाहीको तयारी भइरहेको तिम्लिसिनाले बताए । सोमबार मात्रै प्रहरीले शुक्लागण्डकी–४ दुलेगौँडामा रहेको एक होटलबाट पाँच जुवाडे पक्राउ गरेको थियो ।





