आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

दौडको मेला पोखरा म्याथनको पुरस्कारमा वृद्धि विजेताले ४ लाख पाउने

दौडको मेला पोखरा म्याथनको पुरस्कारमा वृद्धि विजेताले ४ लाख पाउने


  • विजय नेपाली
  • कार्तिक १८ २०७८, बिहिबार

पोखरा, भुतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने सफल पोखरा म्यारथनको (४२.१९५) पुरस्कार राशीमा दोब्बर बृद्धि गरिएको छ ।

आगामी फागुन ७ गते पोखरामा आयोजना हुने दौडको मेलाको रुपमा रहेको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको विजेताले ४ लाख रुपैँया पाउने भएको छ ।

१५ औँ संस्करणसम्म २ लाख रुपैँया रहेको म्यारथनमा यो वर्ष भने ४ लाख दिन लागिएको हो । उक्त पुरस्कार नेपाली म्याराथनकै इतिहासमा सर्वाधिक राशीको पुरस्कार हो ।

बुधबार पोखरामा पत्रकार सम्मेलन मार्फत मञ्चले उक्त कुराको जानकारी दिएको हो । म्याराथनको उपविजेताले अघिल्लो वर्षको विजेताले पाएको बराबर रकम पाउने भएको छ । म्याराथनको उपविजेताले नगद २ लाख रुपैँया प्राप्त गर्नेछ ।

तेस्रो स्थानमा आउनेले १ लाख रुपैँया प्राप्त गर्नेछ भने सान्त्वना हुनेले ३० हजार रुपैँया प्राप्त गर्नेछन् । यस्तै दोस्रो पटक हुन लागेको हाफ म्याराथन महिलाको भने भने पुरस्कार राशी उही रहेको छ ।

महिला हाफ म्याराथन प्रथम हुनेले १ लाख रुपैँया, दोस्रो हुनेले ७५ हजार रुपैँया, तेस्रोले ५० हजार र सान्त्वनाले १५ हजार रुपैँया प्राप्त गर्ने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस्तै महिला र पुरुष १० किलोमिटर दौडको प्रथम हुनेले समान २०÷२० हजार रुपैँया, दोस्रोले १५÷१५ हजार रुपैँया तथा तेस्रो हुनेले १०÷१० हजार रुपैँया प्राप्त गर्नेछन् ।

उता ५ किमि छात्र र छात्रा दौडको प्रथम द्धितीय र तृतीयले क्रमशः १२ हजार, १० हजार र ७ हजार रुपैँया प्राप्त गर्नेछन् ।

ह्विलचियर पुरुष र महिला तथा दृष्टिबिहिन महिला तथा पुरुष विधा तर्फको प्रथम द्धितीय र तृतीयहुनेले क्रमशः १० हजार,७ हजार र ५ हजार रुपैँया प्राप्त गर्ने आयोजकले जानकारी दिएका छन् ।

यस्तै मञ्चले सुजल डेरीसंगको सम्झौता समेत थप गरेको छ । मञ्चले बुधबारनै सुजल डेरी संग आगामी ३ वर्षका लागि प्रमुख प्रायोजकको रुपमा सम्झौता गरेको हो ।

मञ्चका अध्यक्ष हरी प्रसाद पराजुली र सुजल डेरीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले सम्झौता पत्रमा आगामी ३ वर्षकालागि आर्थिक सहयोग गर्नेगरी हस्ताक्षर गरेको हो ।

यस अघि सुजल फुड्सले ३ लाख रुपैँया, साढे ४ लाख रुपैँया गर्दै अहिले ७ लाख रुपैँया प्रतियोगिताका लागि हस्तान्तरण गर्ने भएको हो ।

त्यो बाहेक अन्य प्रचार प्रसार तथा व्यानर प्रायोजन समेत सुजल डेरीले नै गर्ने छ । ७ लाख बाहेक अन्य खर्चसमेत गरेर करिब ३० लाख सहयोग हुने अध्यक्ष पराजुलीले बताए ।

उनले पोखरा म्याराथनका लागि सडक सुरक्षा चुनौतिका रुपमा रहेपनि समग्र पोखरावासीको सहयोगले चुनौतिको सामना गर्न सहज हुदैँ आएको बताए ।

उता सुजल डेरीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले २०७२ सालको सम्झौता सकिए लगत्तै पुनः सम्झौता भएको जानकारी दिए । उनले ३ वर्षसम्म सुजल डेरीको उत्पादन सफल दुधको साथ रहने बताए ।

‘हामी पोखरा अन्तराष्ट्रिय म्याराथनसंग प्रायोजक मात्रै होइन पार्टनरको रुपमा हिडिरहेका छौँ । यो आगामी वर्षहरुमा पनि निरन्तर रहनेछ’ उनले भने ।

गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिव तेज गुरुङले पोखरा म्याराथन अन्तराष्ट्रिय म्याराथन एसोशिएसनसंग जोडिनुपर्नेमा जोड दिए ।

उनले पोखरा म्याराथनलाई अन्तराष्ट्रिय संघसंग जोड्नका लागि कम्तिमा पनि सय अमेरीकी डलर पुरस्कार हुनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->