बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

खुल्ला ३ किमी विद्यालय स्तरीय छात्र छात्रा दौड हुने

खुल्ला ३ किमी विद्यालय स्तरीय छात्र छात्रा दौड हुने


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०७८, बुधबार

पोखरा/ कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा ३ किलोमिटर दौड प्रतियोगिता हुनेभएको छ ।
अन्तराष्ट्रिय बाल दिवसको अवसरमा संघले आगामी मंसिर ४ गते दौड प्रतियोगिताको आयोजना गर्न लागेको बुधवार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष तोरण बानियाँले जानकारी दिए ।

‘बालबालिका खेलकुदसंग जोडिनुपर्छ भन्ने मान्यताले नै प्रतियोगिताको आयोजना गर्न लागेका हौँ’ अध्यक्ष बानियाँले भने,‘ हामीले संघको गठन पश्चात पहिलो औपचारिक कार्यक्रमको आयोजना गर्न लागेका हौँ ।’

दौडको विजेताले नगद १० हजार रुपैँया प्राप्त गर्नेछन् । यस्तै दोस्रो, तेस्रो र सान्त्वनाले क्रमशः ७,५ र २ हजार रुपैँया प्राप्त गर्नेछन् ।

प्रतियोगितामा कास्कीका विभिन्न विद्यालयका ४ सय बढि विद्यार्थीले सहभागिता जनाउने अनुमान रहेको उनले बताए ।

प्रतियोगिता बालबालिकाका साथै पर्यटन व्यवसायीलाई समेत उकास्ने उदेश्यका साथ लेकसाइको सडकमा हुनेछ । पोखरा लेकसाइड खहरे चोकबाट दौड सुरु भई प्याराग्लाइडिङ ल्याण्डिङ क्षेत्र खपौदीमा पुगेर समापन हुनेछ ।

प्रतियोगितामा सहभागि हुनका लागि मंसिर २ गतेसम्म नाम दर्ता निशुल्क राखिएको छ । साथै प्रतियोगितामा १६ वर्षसम्मका विद्यार्थीहरुले मात्रै सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगिता सम्पन्न गर्न समितिका अपाध्यक्ष महेन्द्र गुरुङको संयोजकत्वमा ७ सदस्यिय उपसमिति गठन भएको बाँनियाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->