सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

आजबाट जनगणना

आजबाट जनगणना


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०७८, बिहिबार

पोखरा/ आजबाट जनगणना सुरु हुँदै छ । हरेक १०÷१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ ।
राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।

यसका लागि गणकहरु आज बिहान ९ः ३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा पुगेका छन् । त्यसपछि बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाकोमा र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुन कहाँ गणक पुग्ने समय तालिका बनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->