सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

मूल्य वृद्धिको विरोधमा गोपी प्रदर्शन

मूल्य वृद्धिको विरोधमा गोपी प्रदर्शन


  • ढोरपाटन संवाददाता
  • कार्तिक २७ २०७८, शनिबार

पोखरा/ देशकै ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पस, पोखरामा अनेरास्ववियूले चर्को मूल्य वृद्धिको विरोधमा सुनरुपी गोपी देखाएर विरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थ, खाने तेल, सिलिन्डर लगायत दैनिक उपभोग्य सामाग्रीको मूल्यमा आएको वृद्धिले गाउँबाट आएका विद्यार्थी लगायत सर्वसाधारण जनतालाई जीवन धान्न मुस्किल हुने भन्दै अनेरास्ववियूले प्रदर्शन गरेको हो ।

पृथ्वीनारायण क्याम्पसको गेटमा सांकेतिक रुपमा सुनौलो गोपी हातमा लिएर प्रदर्शन गरेको संयोजक सन्तोष न्यौपानेले बताए । कार्यक्रममा सचिव रसिक न्यौपानेले सर्वसाधारण जनतालाई परेको सास्ती गठबन्धनको सरकारले बुझ्नु पर्ने र
जनताको मागको सुनुवाइ गर्दै मूल्य घटाएर जनविश्वास जित्नु पर्ने धारणा राखे ।
‘अनेरास्ववियुलाई को सरकारमा छ मतलब हुँदैन, हामी निरन्तर जनताको आवाज बुलन्द गर्ने र सुनुवाइ नहँुदासम्म आन्दोलन रोक्दैनौं,’ स्थायी कमिटी सदस्यसमेत रहेका न्यौपानेले भने, ‘प्रतिगमनकारी केपि ओलीको सरकार ढाल्ने सामथ्र्य राख्ने विद्यार्थी आन्दोलनले जनताको आवाज बोल्छ ।’
केन्द्रीय उपमहासचिव राजन शर्मा पराजुली, केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष बज्रराज अधिकारी, सचिवालय सदस्य रशिका भण्डारी, सुर्यदेव लामिछाने उपस्थित थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->