बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

युवाले बनाए गाउँलाई उज्यालो

युवाले बनाए गाउँलाई उज्यालो


  • ढोरपाटन संवाददाता
  • कार्तिक २९ २०७८, सोमबार

तनहुँ/ तनहुँमा युवाहरु मिलेर तिहारको बेला गाउँलाई उज्यालो पारेका छन् । भीमाद नगरपालिका८, अरौंदीका युवाले तिहारको बेला सडक बत्ती जडान गरेर गाउलाई उज्यालो पारेका हुन् ।अजम्बरी युवा क्लबले आफ्नै कोषको रकम खर्चिएर सडक बत्ती जडान गरेको अध्यक्ष नरवीर आलेले बताए ।

२० ठाउँमा सडक बत्ती राखिएको उनले जानकारी दिए । आलेका अनुसार सडक बत्ती खरिद र जडानमा ८० हजार रुपैयाँ खर्च भएको छ । ‘क्लबको कोषमा रहेको रकम खर्च गरेका छौं,’ उनले भने, ‘नगरपालिकासँग पनि सडक बत्ती राख्न बजेट माग गरिएको हो । सुनवाइ भएको छैन।’ बजेट पाएको खण्डमा अझ धेरै स्थानमा सडक बत्ती राख्ने आलेले बताए ।

सडक बत्ती जडान गरेपनि मर्मत सम्भारका लागि बजेट अभाव हुने भएकाले क्लबले प्रत्येक घरधुरीसँग महिनावारी शुल्क उठाउने योजना बनाएको छ । क्लबले सांस्कृतिक, सांगीतिक लगायतको कार्यक्रम गरेर कोषमा रकम जम्मा गर्ने गर्दछ ।

अरौंदीमा ७७ घरधुरी छ । झिलिमिली बत्तीको पर्व तिहारमा सडक बत्तीले गाउँघर उज्यालो भएपछि स्थानीय दंग बनेका छन् । सडक बत्तीको अत्यन्तै आवश्यकता भएकोमा क्लबले राखिदिएपछि सहज भएको स्थानीय प्रेमनारायण खनालले बताए । ‘रातिमा हिँडडुल गर्नलाई सुरक्षा हिसाबले पनि उज्यालो आवश्यक थियो । बस्तीनजिकै वनजंगल छ । उज्यालो भएपछि जंगली जनवारले आक्रमण गर्ने डर कम हुने भयो,’ उनले सुनाए ।

पाँच वर्षअगाडि क्लबले ४० वटा सडक बत्ती जडान गरेको थियो । मर्मत सम्भार नहुँदासबै बिग्रिउ । यसपालि जडान गरेको बत्तीलाई मर्मत सम्भार गरेर उज्यालो अभियानलाई निरन्तरता दिने जनाईएको छ ।
अजम्बरी युवा क्लबले ‘अरौदीको पहिचान, उज्यालो अभियान’ नारा तय गरेको छ । यही नारालाई सार्थक बनाउन सडक बत्ती जडान गरिएको हो । वडा कार्यालयले चालु बर्षको बजेटमा अरौदीमा सडक बत्ती र सिसिटिभी क्यामेरा जडान गर्न एक लाख रुपैयाँ क्लबलाई छुट्याईदिएको छ । क्लबले तिहार लगत्तै सिसिटिभी क्यामेरा जडान गर्ने अध्यक्ष आलेले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->