सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

धौलागिरीका चार जिल्लामा बन्दको प्रभाव

धौलागिरीका चार जिल्लामा बन्दको प्रभाव


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३० २०७८, मंगलबार

बागलुङ/ पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धिविरुद्धमा नेकपाले गरेको नेपाल बन्दको प्रभाव साविकको धौलागिरीका चारवटै जिल्लामा परेको छ । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका प्रभावले लामो तथा छोटो दुरीका सवारी चलेका छैनन् भने सदरमुकाम र पालिका मुकाममा रहेका बजारहरु समेत बन्द छ । बन्दका प्रभावले राजमार्ग तथा स्थानीय सडक सुनसान छन् । धौलागिरीका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा यो समाचार तयार गर्दासम्म कुनैपनि अप्रिय घटना नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->