बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा ६ जना बन्दकर्ता पक्राउ

नवलपुरमा ६ जना बन्दकर्ता पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३० २०७८, मंगलबार

नवलपुर/पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि लगायतको बिरोधमा बन्द गराउँदै हिडेका ६ जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

विप्लव नेतृत्वको नेकपाका जिल्ला तहका नेतासहित कार्यकर्तालाई प्रहरीले मध्यविन्दु नगरपालिकाको चोरमारा क्षेत्रबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कावासोती पुर्याएको छ ।

पक्राउ पर्नेमा धनबहादुर कुमाल, बीरबहादुर थापा, नरेन्द्रमान मुखिया, मंगलसेन कुमाल, दीपक कुवर र दीपक विक छन् । नवलपुरमा पूर्व पश्चिम मुख्यमार्ग तथा मुख्यमार्गसँग जोडिएका बजार क्षेत्रमा बन्दको प्रभाव परेको छ । मुख्य चोक तथा बजारमा सुरक्षाकर्मी परिचालित छन् । पूर्वघोषित बन्द आह्वान भएकाले अधिकांश पसलहरु स्वतस्फुर्त बन्द छन् । सवारी साधन चल्न सकेका छैनन् ।

बन्दकर्ताले सदरमुकाम कावासोतीको हलचोक, देवचुलीको प्रगतिनगर लगायत ठाउँ–ठाउँमा राजमार्गमै टायर बालेर आगो लगाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->