बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बाटो विस्तारमा हेलचक्य्राइँ : फाइबर काटिँदा सञ्चार अवरुद्ध

बाटो विस्तारमा हेलचक्य्राइँ : फाइबर काटिँदा सञ्चार अवरुद्ध


  • खगेन्द्र पराजुली
  • मंसिर १ २०७८, बुधबार

नवलपुर- नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा नवलपुरका सेवाग्राही प्रभावित बनेका छन् । सडक स्तरोन्नतिका क्रममा अप्टिकल फाइबर तार काटिँदा समस्या आएको दूरसञ्चार कार्यालय कावासोतीले जनाएको छ ।
बुटवल नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्नेको पश्चिमी क्षेत्र (बर्दघाट)तर्फ सडक विस्तार गर्न डोजर लगाउँदा अप्टिकल फाइबर काटिँदा समस्या भएको कार्यालय प्रमुख चन्दनकुमार झाले बताएका छन् ।

‘आइतबारदेखि नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र एडिएसएल इन्टरनेटमा समस्या देखिएको हो । हाम्रो क्षेत्रभन्दा बाहिर बर्दघाटतर्फ समस्या देखिएको छ,’ कार्यालय प्रमुख झाले भने, ‘बुटवल–बर्दघाट–कावासोती प्रसारण लाइनको फाइबर काटिँदा टेलिकमको सञ्चार अवरुद्ध भएको हो ।’

आइतबार देखिएको समस्या लोकेसनले नवलपुरतर्फ देखाए पनि बर्दघाटतर्फ दाउन्नेमा भएको जनाइएको छ । ‘यता (नवलपुर)तर्फ लोकेसन देखायो । तुरुन्तै प्राविधिक पठाएर अनुसन्धान गर्दा पारिपट्टि पत्ता लाग्यो । कावासोतीकै टोलीले मर्मत गरेर आइतबार राति नै सेवा सुरु भएको थियो । फेरि इरर देखिएको छ,’झाले भने ।

कावासोतीस्थित दूरसञ्चार कार्यालयले गण्डकी प्रदेश कार्यालयलाई समस्याबारे जानकारी गराएको रसमस्या समाधानमा सहजीरकण गर्न आग्रह गरेको समेत झाले बताए । अहिले चितवनको भरतपुरबाट भ्वाइस सेवासम्म उपलब्ध हुने गरी सेवा प्रवाह गरिएको कार्यालयले जनाएको छ । तर, यो सेवा गुणस्तरीय नआएको सेवाग्राहीको गुनासो छ ।

फोन गर्दा सम्पर्क हुन नसक्ने, फोन लागिहाले पनि आवाज राम्रोसँग नजाने, नसुनिनेलगायत समस्या छ । यस्तै, इन्टरनेट तथा डाटा चल्न सकेको छैन । सडकको काम गर्दा सडक परियोजनाले दूरसञ्चार कार्यालयसँग समन्वय नगर्दा हाइवे छेउमा जमिनमुनि बिच्छ्याइएको फाइबर तार काटिन पुगेकोे थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->