पोखरा/ युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) ले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ ।
वार्षिकोत्सवको अवसरमा मंसिर महिनाभर रगतमा हुने खराब बोसो(टिजी) सित्तैमा जाँच गरिनेछ भने अरु सबै प्रकारका रक्तजाँच र होलबडीका प्याकेजमा समेत ३० प्रतिशत छुट दिइएको अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए ।
वार्षिकोत्सवको अवसरमा पोखरा र तनहुँमा निशुल्क शिविर, २३ गते युआरएल पत्रकारिता पुरस्कार वितरण समारोह हुने अध्यक्ष पन्तले जानकारी दिए । २०७० मंसिर २३ गते स्थापना भएको युआरएलले मंसिर महिनाभर विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागेको अर्थ निर्देशक गणेश कोइरालाले बताए ।





