बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नवलपुरको मध्यविन्दुमा समातिए दश जुवाडे

नवलपुरको मध्यविन्दुमा समातिए दश जुवाडे


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०७८, सोमबार

नवलपुर – नवलपुरको मध्यविन्दुबाट नगद सहित १० जना जुवाडे पक्राउ परेका छन् । मध्यवन्दु नगरपालिका– ११ मझुवाबाट प्रहरीले ४९ हजार ३ सय १५ रुपैंया नगद र ३ बुक ताससहित १० जनालाई आईतवार नियन्त्रणमा लिएको हो ।

स्थानीय रोमन बयम्वुको घरबाट उनीहरुलाई नियन्त्रणमा लिईएको नवलपुर प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा घरधनी २७ बर्षका बयम्वु, ४० बर्षका शेरबहादुर कुमाल, बर्ष २८ का रमेश कुमाल, ७० बर्षीय जयशंकर पछाई क्षेत्री, २८ बर्षीय किसन बिक, ४९ बर्षका शेरबहादुर कुमाल, ३१ बर्षीय रिकबहादुर कुमाल, २० बर्षका सुजन थापा, बर्ष ६५ का सन्तबहादुर थापा, ४६ बर्षका भेषबहादुर रायमाझी छन् ।

पक्राउ परेकालाई जुवा कसुर मुद्धामा कारवाही अगाडी बढाईएको जिलला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->