आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नेपाली जनप्रगतिशील मञ्च स्पेनको अध्यक्षमा विशाल ढुंगानाको उमेद्वारी

नेपाली जनप्रगतिशील मञ्च स्पेनको अध्यक्षमा विशाल ढुंगानाको उमेद्वारी


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०७८, सोमबार

पोखरा – नेपाली जनप्रगतिशील मञ्च स्पेनका संगठन विभाग प्रमुख विशाल ढुंगानाले आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेद्बारी घोषणा गरेका छन् । मञ्चको तेस्रो अधिबेसन आगामी डिसेम्बर १२ तारिक हुने घोषणा भैसकेको छ ।
कास्कीको पोखरा महानगरपालीका वडा नं. २६ घर भै हाल १० बर्ष देखि स्पेन बस्दै आएका ढुंगाना लामो समय देखी राजनीतिक र सामाजिक कार्यहरुमा सक्रिय रहदै आएका छन् । बिधार्थी काल देखिनै राजनितिक र सामाजिक कार्यहरूमा संलग्न ढुंगाना २०५७ सालमा बिधालयबाट राजनितक यात्रा सुरू गरी विधालयमा संगठन ईकाई सचिव र अध्यक्ष हुँदै पश्चिमान्चलको ठुलो पब्लीक क्याम्पस जनप्रिय बहुमुखि क्याम्पसको अनेरास्ववियू (क्रान्तिकारी) को संस्थापक अध्यक्ष भएका थिए भने वाईसिएल कास्कीको सदस्य रहि काम गरेका थिए । रेडक्रस , सामुदायिक सेवा केन्द्र , लियो क्लब लगाएत विभिन्न संघ संस्थामा नेतृत्वदाहि भुमिकामा रहेर सामाजिक कार्यहरुमा लागेका थिए ।

आफ्नो लामो राजनीतिक र सामाजिक सक्रियताको कारणले नै सबैको सुझाबको आधारमा संगठनको अध्यक्षमा उम्मेद्बारी दिएको ढुंगानाले बताए । स्पेनमा संगठनलाई थप बिस्तार गर्दै सामाजिक सेवाको लागि सबैभन्दा प्रभाबकारी संगठन बनाउने उदेस्य अनुसार आफु अध्यक्षको लागि अगाडि बढेको उनको दावी छ ।

नेपाली जनप्रगतिशील मंच स्पेनको तेस्रो अधिबेशन आगामी १२ डिसेम्बरका २०२१ आइतबारका दिन हुँदैछ । अधिबेशन सम्पन्न गर्नका लागि अध्यक्ष अर्जुन आचार्यको संयोजकत्वमा मुल आयोजक समिती तथा संरक्षक श्याम प्रसाद खनाल संयोजक र निवर्तमान अध्यक्ष गगां प्रसाद भुषाल र सल्लाहकार कृष्ण प्रसाद भुषाल सदस्य रहेको ३ सदस्यिय समन्वय तथा निर्वाचन समिती गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->