शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

बुबालाई साचीँ राख्दै नेपालीको सदस्यमा उम्मेदवारी घोषणा

बुबालाई साचीँ राख्दै नेपालीको सदस्यमा उम्मेदवारी घोषणा


  • विजय नेपाली
  • मंसिर ८ २०७८, बुधबार

पोखरा – कास्की कांग्रेसमा भवे सार्की नाम नौलो होइन् । कांग्रेसमा रहेर राजनीतिमा जिवन समपर्ण गरेका भवे सार्की कास्कीबाट दलित अगुवा हुन् । दलित उत्थानका लागि संघर्ष गर्दै गर्दा हृदयघातका कारण अकल्पनीय मृत्यु भएपछि बुबाको विरासत उनका छोरा गोविन्द नेपाललीले धानिरहेका छन् ।

स्व.भवे सार्की तिनै व्यक्ति हुन् जस्ले कास्की कांग्रेसको इतिहासमा पहिलो पटक दलितबाट आमन्त्रित सदस्य पाएका थिए । विपिको अनुसरण गर्ने स्व. भवे सार्कीको सपना पुरा गर्न उनका छोराले जिल्ला सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बाल्यकाल देखि नै बुबासंगै राजनीतिमा घुमलिएका गोविन्दले विद्यालयदेखि विद्यार्थी आन्दोलनमा सहभागि हुदैँ दलित आन्दोलनमा समेत उत्तिकै भुमिका खेलिरहेका छन् ।

नेविसंघदेखि दलितसंघसम्म विभिन्न पदमा रहेर काम गरेका उनी बुबाकै विचारबाट प्रभावित भएर राजनीतिमा लागेको बताउँछन् । दलित हक अधिकारका लागि मात्र नभई समाजमा रहेको विभेदको अन्त्य गर्दै कास्की कांग्रेसलाई बलियो पार्टी बनाउन आफ्नो उम्मेदवारी दिएको उनले बताए ।

‘बुबाकै प्ररणाले आज राजनीतिमा लागेको छु । बुबा विपीको विचारमा लाग्ने व्यक्ति हुनुहुन्थ्यो । परिवार भन्दा पनि पार्टी प्यारो थियो बुबाको लागि । बुबाले यसरी उम्मेदवारी त दिन पाउनुभएन तर, वहाँको सपना पुरा गर्न नै मेरो उम्मेदवारी हो’ उनले भने ।

उनले बुबाको सम्मान गर्दै आफुलाई अमुल्य मत दिई विजयी गराउन समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->