बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुर क्षेत्र नं १ मा भट्टचन विजयी

नवलपुर क्षेत्र नं १ मा भट्टचन विजयी

२ मा मत बराबरी, पुन : मतगणना हुने ।


  • ढोरपाटन संबाददाता
  • मंसिर ९ २०७८, बिहिबार

नवलपुर/ नवलपुर क्षेत्र नं. १ को कांग्रेस सभापतिमा अमृत भट्टचन फराकिलो मत अन्तरसहित निर्वाचित भएका छन् । भट्टचनले आफ्ना प्रत्यासी गैंडाकोटकै कमलप्रसाद पराजुलीलाई २ सय २३ मतान्तरले पछाडी पार्दै आगामी कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् ।

भट्टचनले ६ सय ७० मत ल्याउँदा पराजुलीको पक्षमा ४ सय ४७ मत परेको हो । भट्टचन रामचन्द्र पौडेल निकट महेन्द्रध्वज जिसी प्यानलबाट र पराजुली डा. शशांक कोइरालाको प्यानलबाट निर्वाचनमा होमिएका थिए ।

यस्तै, २–२ पद रहेको सचिव सह–सचिवमा भने मिश्रित परिणाम आएको छ । सचिवमा अमृत श्रेष्ठ र शालिकराम सापकोटा विजयी भएका छन् । श्रेष्ठ कोइराला र सापकोटा जिसी प्यानलबाट सचिवमा निर्वाचित भएका छन् । सहसचिवमा पनि दुवै प्यानलबाट एक–एक जना आएका छन् । जिसी प्यानलका टीकाराम सापकोटा र कोइराला प्यानलका तेजप्रसाद घिमिरे सहसचिवमा निर्वाचित भएका छन् ।

२२ सदस्यीय कार्य समितिको सदस्यहरुमा मिश्रित परिणाम आएको छ ।

यता, नवलपुर क्षेत्र नं. २ मा सभापति पदको मतपरिणाम बराबर आएपछि पुनः मतगणना गर्ने सहमति भएको छ ।
उम्मेदवारद्वय जगत कार्की र सूर्य गुरुङलाई बरावरी ३९४ मत परेपछि फेरी मत गणना गर्ने सहमति भए बमोजिम मतपत्र जिल्ला पार्टी कार्यालय कावासोती स्थित बीपी स्मृति भवन पु¥याइएको छ । चोरमाराको नवजागरण क्याम्पसमा सम्पन्न मतदानपछि मंगलवार मतगणना भएको थियो । अन्य पदाधिकारी तथा सदस्यमा भने जगत कार्कीको प्यानल सूचीका अधिकांश उम्मेदवार विजयी भएका छन् । कार्की शेरबहादुर देउवा निकट विष्णुकुमार कार्की टीमका हुन् भने गुरुङ रामचन्द्र पौडेल निकट महेन्द्रध्वज जिसी लाइनबाट उम्मेदवार बनेका हुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->