मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

एभरेस्ट एफएमद्धारा न्यानो कपडा वितरण

एभरेस्ट एफएमद्धारा न्यानो कपडा वितरण


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७८, शनिबार

पोखरा/ एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफ एम ९३ मेगाहर्जले प्रथम बार्षिकोत्सवको अवसरमा बाराही आधारभुत विद्यालय खांदरजुङमा न्यानो कपडा वितरण गरेको छ ।
एफएमले शुक्रबार माछापुच्छ्रे गाउँपालिका–२ खाँदरजुङमा अवस्थित विद्यालयका ४३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । एफएमले प्रत्येक विद्यार्थीलाई एक–एक थान ट्र्याक सुट वितरण गरेको रेडियोका निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

यसअघि रेडियोले रेडियो शुभारम्भको अवसरमा गतवर्ष सामाजिक उत्तरदायित्व वहनअन्र्तगत मानवसेवा आश्रम पोखरालाई एक लाख ५० हजार सहयोग हस्तान्तरण गरेको थियो । यसैबीच वार्षिकोत्सबको अवसरमा आयोजना गर्न लागिएको रक्तदान कार्यक्रमको तयारी पूरा भएको छ । शनिबार हुने गते रक्तदान कार्यक्रमको आवश्यक तयारी पुरा भएको रेडियोका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->