मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

कांग्रेस कास्की सभापतिमा पुन मतदान हुदैँ

कांग्रेस कास्की सभापतिमा पुन मतदान हुदैँ


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७८, शनिबार

नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ । सम्पन्न जिल्ला अधिवेशन अन्तरगत कास्कीमा कुल २०२५ मत खसेको छ ।

कास्की जिल्लामा कुल २०८० मतदाता रहेका छन् । सो अनुसार मतदाताको उत्साहजनक सहभागिता देखिएपनि सभापतिका लागि किशोरदत्त बराल र सुदिप मोहन बिच पुनः मतदान हुने भएको हो ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन) को दफा १२(५)क, (२)(३) मध्ये खण्ड (क) २ बमोजिम सभापति पदको निर्वाचनमा विजयी हुन खसेको मतको ५० प्रतिशत भन्दा बढि मत ल्याउनुपर्ने भन्ने व्यवस्था रहेको छ ।

तर, कांस्कीमा कुनै पनि सभापति पदका उम्मेदवारले ५० प्रतिशत भन्दा माथि मत नल्याएपछि सबैभन्दा बढि मत ल्याउने किशोरदत्त बराल र सुदिप मोहन बिच निर्वाचन हुन लागेको जिल्ला निर्वाचन अधिकृत आर.सी.विमलले जानकारी दिए ।

मतदान प्रर्दशनी केन्द्रमा सुरु भएको छ । सभापतिको मतदान पश्चात नतिजा घोषणा भएसंगै अन्य पदको मतगणना हुने विमलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->