बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँ कांग्रेस सभापतिमा संस्थापनपक्षीय आले विजयी

तनहुँ कांग्रेस सभापतिमा संस्थापनपक्षीय आले विजयी


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०७८, सोमबार

पोखरा – तनहुँ कांग्रेसको सभापतिमा जीतप्रकाश आले निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवापक्षीय आलेले प्रतिष्पर्धी बैकुण्ठ न्यौपानेलाई १४८ मतले पराजित गरेका हुन् । आलेले ९५१ र न्यौपानेले ७८३ मत पाए । गृहजिल्लामा आलेको जितसँगै सभापतिको दौडमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई ठूलो धक्का लागेको छ । आलेलार्य केन्द्रीय सदस्यहरु शंकर भण्डारी,गोविन्द भट्टराई र ध्रुव वाग्लेको साथ थियो । आले सभापति रहेको कार्यसमितिका पदाधिकारीमा पनि संस्थापन पक्ष नै हावी भएको छ । उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ विजयी बन्दा सचिवमा भने लक्ष्मीभक्त खनाल र सहदेव अधिकारी विजयी बनेका छन् । सहसचिवमा मिलन आले र परमेश्वर भट्टराईले बाजी मारे । तीमध्ये मिलनमात्रै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन् । १ हजार ७८५ मतदाताले मतदानमा भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->