बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

व्यक्तिगत तर्फ ३  नेपाली खेलाडी विजयी

व्यक्तिगत तर्फ ३  नेपाली खेलाडी विजयी

जुनियर आइटिएफ वल्र्ड टेनिस टुर


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०७८, सोमबार

पोखरामा जारी जुनियर ५ आइटिएफ वल्र्ड टेनिस टुरमा महिला व्यक्तिगत स्पर्धामा ३ नेपाली खेलाडीले जित हात पार्दै अन्तिम १६ मा स्थान बनाएका छन् ।

पोखरा रंगशाला लन टेनिस कोर्टमा महिला व्यक्तिगत स्पर्धामा भएको खेलमा अभिलाषा विष्टले भारतकी म्रुन्मेयी जोशीलाई २–० को सेटमा हराउँदै अन्तिम १६ मा प्रवेश गरेकी हुन् ।

उनले ६–० र ७–५ को सेटमा हराइन् । यस्तै प्रकृती श्रेष्ठले बेल्जियमकी मिया क्रिस्टेभालाई २–० कै सोझो सेटमा हराइन् । उनले ६–२ र ६–४ को सेटमा हराईन् ।

यस्तै अद्या पौडेलले भारतकी मेल्लि चुगलाई ६–१ र ६–० ले हराइन् । यस्तै नेपालकी रोमिका बुद्धचार्य र श्रेया भट्राई भने भारतसंग हार व्यहोर्न प¥यो ।

रोमिका विन्शिखा मारिया भिजाभसन्थ भिज्ञसंग र श्रेया हानह नागपालसंग हार्न पुगिन् । यस्तै समूहगत स्पर्धामा भने नेपालकी इशाश्री शाह र श्रवणी श्रेष्ठको जोडिले बेल्जियमकी मिया क्रिस्टेभिन र नेपालकी सुनिरा थापाको जोडिलाई ६–२ र ६–१ के सेटमा हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेकी छिन् ।

यस्तै भारतकी नियाती कुक्रेति र सोहिनी संजय मोहन्तको जोडी, श्रीतान्भी दसरी र भान्सिका मारिया भिजा तथा अमेरीकाकी समिक्षा एन्एम र रिसितारेड्डि वासिरेड्डीको जोडी क्वाभटरफाइनलमा प्रवेश गरेकी छिन् ।

पुरुष तर्फको खेलमा भने नेपाली खेलाडीले जित हात पार्न सकेनन् । आज पुरुष व्यक्तिगत तर्फका खेलहरु भएका थिए । पुरुषतर्फ सहभागित १० नेपाली खेलाडीले हार व्यहोरेका छन् ।

निहलजंग बहादुर थापा स्विडेनका इमिलियो जिएलोस्किसंग, निशान श्रेष्ठलाई भारतका धनञ्जय अथ्रेयाले, आयुषमान घलेलाई इजरालयका हलेल आसहोसले,इभ्याक जोशीलाई हङ्गेरीका लोरन्त ग्योरी,

निश्चिल कायस्थलाई भारतका ओमानश चौधरी, एकी जुबेन रावतलाई अमेरिकाका मिथ्रि बारोट, प्रनभ मानान्धरलाई डेन्मार्कका अलेक्सजेन्डरले, इशान गुरुङ, ग्रिभन जंग थापा र प्रसिद्ध मोक्तानलाई भारतका वोयत ओबरिन, चन्दन शिवराज र दकस प्रसादले हराए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->