सौरहा, चितवन – सहमतीको प्रयाश असफलपछि नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि चितवनको सौराहामा भइरहेको चुनावमा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीको पक्षले अध्यक्षका अर्का उम्मेदवार भीम रावल र उपाध्यक्ष घनश्याम भुसाल पक्षका उम्मेदवारलाई भोट नहाल्न भन्दै एसएमएस र पर्चा वितरण गरेका छन् ।
प्यानल नबनाई चुनाव लड्ने घोषणा गरिएकामा ओली पक्षले मोबाइल म्यासेज र पर्चामार्फत प्रतिनिधिहरूलाई आफ्ना पक्षमा भोट हाल्न र रावल लगायतका नेताहरुलाई मत नहाल्न निर्देशन दिएका छन ।
‘भोट नहाल्ने नामावली’ शीर्षकको पर्चा बनाएर अध्यक्ष पदका उम्मेदवार भीम रावल, उपाध्यक्ष पदका उम्मेदवार घनश्याम भुसाल, सचिव पदका उम्मेदवार भीम आचार्यलगायत ११ जनाको नाम उल्लेख गरिएको छ।

ओली पक्षले महाधिवेशन प्रतिनिधिलाई भोट नहाल्ने सूचीसहित आफूलाई मोबाइलमा म्यासेज पठाएको र पर्चा प्राप्त भएको मतदानको लाईनमा वसेका एक प्रतिनिधीले वताए । अनिवार्य रुपमा फलानो फलानोलाई भोट हाल्न र फलानो फलानोलाई मत नहाल्न भनेर म्यासेज पठाइएको एमालेका केन्द्रीय सदस्य समेत रहेका उनले बताए।

दुईथरी पर्चा वितरण गरिएको छ । एउटामा सवैका नाम भएको तर नहाल्न् संकेत गरिएको छ भने अर्काे पर्चामा भोट नहाल्नेको मात्रै नामवली उल्लेख छ ।
हेर्नुहोस प्रतिनिधीको हातमा थमाइएको पर्चा :








