मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

एमालेको मतगणना सुरु, केहीबेरमा परिणाम घोषणा

एमालेको मतगणना सुरु, केहीबेरमा परिणाम घोषणा


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०७८, मंगलबार

सौरहा  – नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको मतदानको गणना सुरु भएको छ । युवा संघका उपाध्यक्ष अशोक चौलागाईंका अनुसार भर्खर मतगणना सुरु भएको हो ।
आज बिहान ४ बजेदेखि सुरु भएको मतदान साढे १० बजे सकिएको थियो । कुल २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको छ ।

बन्दसत्रबाट केन्द्रीय कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीप्रति केही नेतासँगै प्रतिनिधि सन्तुष्ट नभएपछि चुनाव गरिएको हो ।

चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा छन् । त्यस्तै उपाध्यक्षका लागि ओलीले घोषणा गरेकाबाहेक घनश्याम भुसाल मैदानमा छन् । सचिवमा पनि ओलीले घोषणा गरेकाबाहेक भीम आचार्य र टंक कार्की चुनाव लडेका छन् । आचार्य यसअघि पनि सचिव थिए ।

वरिष्ठ, उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध भएका छन् ।

सदस्यहरुका लागि पनि मतदान भएको छ ।

अब केहीसमयपछि मत परिणाम घोषणा हुनेछ । विद्युतीय मेसिनबाट मतदान भएकाले गणना छिटो हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->