मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

इतिहासलाई गर्व गर्दैमा वर्तमानलाई बिर्सिनु हुँदैन : प्रचण्ड

इतिहासलाई गर्व गर्दैमा वर्तमानलाई बिर्सिनु हुँदैन : प्रचण्ड


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०७८, बुधबार

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वभिमानका लागि राजा महाराजधिराजले खेलेको विगतको भूमिकाको प्रशंसा गरेका छन् ।

राप्रपाको काठमाडौंमा जारी अधिवेशनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘नेपाल राष्ट्रलाई स्वाभिमान र अखण्डताका लागि हिजो महाराजाधिराजलगायतले गरेको त्याग तपस्याको गर्व गर्नुपर्छ । तर, आज यो फेरिएको छ । हामी २१ औं शताब्दीमा छौं । इतिहासलाई गर्व गर्दैमा वर्तमानलाई बिर्सिनु हुँदैन।’

उनले भने, ‘ तपाईहरुसँग मत विचार दर्शन त मिल्दैन । म गणतन्त्रवादी, धर्म निरपेक्षतावादी तर, म तपाईहरुजस्तै राष्ट्रवादी,’ उनले भने,‘राजनीतिक  अराजकता पैदा नहोस् भन्नका लागि संविधान बनाउन तपाईहरुले मद्दत गर्नुभयो । त्यस अर्थमा तपाईहरु धन्यवादका पात्र हुनुहुन्छ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->