मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापा पराजित

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापा पराजित


  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०७८, आइतबार

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को  अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले  हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको छ।

यस्तै, राप्रपाको महामन्त्रीमा धवल शम्शेर राणा विजयी भएका छन् । निर्वाचन समितिका अधिकृत बस्नेतका अनुसार धवल शम्शेर राणा २२२१ मत ल्याएर महामन्त्री पदमा विजयी भएका हुन् । राजेन्द्र लिङ्देनको समूहबाट राणा महामन्त्री पदमा उठेका थिए । अर्का महामन्त्रीमा कमल थापा पक्षका भुवन पाठक र कुन्ती शाही (महिलातर्फ) पनि विजयी भएका छन् ।
राप्रपामा सबैभन्दा धेरै भोट विक्रम पाण्डेलाई खसेको छ। पराजित थापा र विजयी राजेन्द्र लिङ्देन दुवै प्यानलबाट उनी उपाध्यक्षमा उठेका थिए।
त्यस्तै ,अन्य उपाध्यक्षमा बुद्धिमान तामाङ १९४४ मतसहित विजयी हुँदा १८१४ मतसहित थापा प्यानलकै ध्रुवबहादुर प्रधानले पनि उपाध्यक्ष पद पक्का गरेका छन्।
त्यस्तै कमल थापा प्यानलकै रोशन कार्की पनि महिला उपाध्यक्षमा १६८९ मतसहित विजय भइन्। उता सुरुबाटै लिङ्देनलाई बलियो साथ दिएका धवलशम्शेर राणाले महामन्त्री पदमा सबैभन्दा धेरै २२ सय २१ मतसहित जित निकाले।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->