बिशेष परिस्थितिका बखत एउटा व्यक्ति, परिवार, समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मानिसले बिना पारिश्रमिक तथा नाफारहित उद्देश्यले जोखिमपूर्ण सेवा समेत दिइरहेका हुन्छन् । अहिले समाजसेवीको फुर्को लाएर समाज सेवा पुर्याउनेहरुको कमी छैन । त्यसैगरी सम्बन्धीत संस्थामार्फत केही भत्ता सुबिधा लिएर संयुक्त राष्ट्रसंघदेखि स्थानीय तहसम्म बिबिध क्षेत्रमा आवधिक स्वयमसेवकको काम गर्ने प्रसस्त देख्न सकिन्छ । धेरै जसो गैरसरकारी संस्थाहरु, नागरिक समाज तथा निजि क्षेत्रले यस दिनलाई अन्तर्राष्ट्रिय स्वयमसेवक दिवसका रुपमा मनाईरहेका छन् । सरकारी निकायहरुले आआफ्ना क्षेत्रका नागरिक केन्द्रित कार्यक्रमलाई प्रभावकारी बनाउन सांकेतिक रुपमा सामुदायिक सेवा तथा उपभोक्ता समुह लगायतका नाममा स्वयमसेवकको कार्य गराईरहेका छन् ।
सन १९८५ डिसेम्बर ५ तारिकका दिनदेखि सामाजिक आर्थिक बिकासका लागि सचेतनाको कार्यमा स्वयमसेवकको योगदानलाई उच्च महत्व दिंदै संयुक्त राष्ट्रसंघबाट अन्तर्राष्ट्रिय स्वयमसेवक दिवसका रुपमा घोषणा भएदेखि यस संस्थाले आधिकारिक मान्यता पाएको पाईन्छ । स्वयमसेवक संगठन तथा व्यक्तिगत स्वयमसेवकलाई अवसर दिदै प्रबर्धन गर्न तथा समुदाय∕सामाजिक, स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग गर्न तथा मान्यता दिन सदस्य राष्ट्रहरुलाई संयुक्त राष्ट्रसंघले अफर गरिरहेको छ । नेपाल लगायत अधिकांश देशका बिद्यालयमा स्वदेश तथा बिदेशबाट स्वयमसेवक शिक्षक, कर्मचारी तथा समाजसेवी, एन्जिओ, आईइन्जिओ लगायतको बाढीनै आउने गरेको पाईन्छ । समाजका अगुवा, शिक्षित तथा पहुचवालाहरुले आफु र आफ्नालाई यस्ता संस्थामा संलग्न गराउदै लाभ लिईरहँदा धन कमाईका हिसाबले डलर खेतीका दलालको नाममा सामाजिक कलंक व्यहोर्दै आईरहेका छन् ।
बिना पारिश्रमिक तथा जोखिम वापतको क्षेतिपुर्ति पाउने ग्यारेन्टी नहुँदा पनि बिपद र उत्सवमा सर्वसाधारण नागरिकले संगठीत स्वयमसेवक वा राष्ट्रसेवक भन्दा अग्रपङ्तिमा रहेर व्यक्ति, समाज, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको सेवा गर्ने मानिसहरु यहाँ प्रसस्त छन् । कोभिड १९ का कारण मृत्यु भएका बेवारिस सव व्यबस्थापन, थुनामा रहेका आमाका सन्तानको पालन पोषण, बेचिएका चेलिको उद्दार तथा पुनस्थापना, लागु औषध दुर्व्यसन सुधार, गरिवी निवारण तथा दलित उत्पिडित पिडित समुदायको लागी सचेतना र सहयोग, भुकम्प, बाढी पहिरो, आगोलागी, दुर्घटना जस्ता संबेदनशिल घटना परिघटनामा स्वतस्फुर्त सहयोग गर्ने स्वयम सेवकहरुलाई हार्दिक सलाम छ । एनजिओ, आईएन्जिओ, सरकारी तथा निजि सुबिधामा मात्र समाज सेवीको नाटक देखाउने महानुभावहरुलाई दुःख, पिर मर्का र जोखिम पुर्ण स्थितिमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्न गराउन हुनका साथै सर्वसाधारण पिडितले महसुस गर्ने गरी व्यक्तिगत वा संगठीत रुपमा स्वयम सेवकको काम गर्नु पर्छ भन्ने मानवीय सहयोगको भावना जागरण गराउनुका साथै सहभागिता जनाई दिनु भएमा तपाईको योगदानको उच्च कदर हुदै जानेछ भने वास्तविक स्वयमसेवक तपाई नै हुनु हुनेछ ।
स्वयमसेवाको भावना र योगदानले व्यक्तिगत तथा संस्थागत प्रतिष्ष्ठा र रिसईवीका कारण असहयोगको वातावरण सृजना भैरहेको परिदृष्यमा परिवर्तन आउनेछ । स्वयमसेवकले प्रदान गर्ने सचेतना, व्यवस्थापन, राहत, उद्दार तथा पुनस्थापनाका कार्यमा केवल राजनैतिक दल र उसको नितिसंग मात्र सिमित नरही राजनितिक दलको मुखुन्डो नओडीकन, सर्वसाधारण सबैमा पुर्वाग्रह रहित तवरले सहयोग उपलव्ध गराउनु आजको आवश्यकता हो । महाभुकम्प २०७२ तथा कोभिड १९ जस्ता बिपदमा अग्रणी भूमिकामा रहनु पर्ने रेडक्रस सोसाईटी र नेपाली सेनाले तालिम दिएका स्काउट कसरी पेन्डुलम बनाईयो वा आफै निस्कृय रहे ? यस्ता अन्तर्राष्ट्रिय मान्यता प्राप्त निकायलाई आमसरोकारको बिषयसंग सम्बन्धीत संस्थालाई अब पर्दा पछाडी नराखियोस । यसतर्फ सवै क्षेत्र र पक्षबाट ध्यान दिनुपर्ने आवश्यकता छ । आज अन्तर्राष्ट्रिय स्वयमसेवक दिवसको अवसरमा सवैमा शुभकामको शुभकामना ।
कार्की सेवानिविर्त प्रहरी नायव उपरीक्षक हुन् ।





