आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एकैदिन २५ खेलसम्पन्न

एकैदिन २५ खेलसम्पन्न

आइटिएफ दोस्रो सर्किट


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०७८, मंगलबार

आइटिएफ यु–१८ वल्र्ड टेनिस टुरमा मंगलबार २५ खेल सम्पन्न भएका छन् । खेल सम्पन्न हुदाँ नेपालका ३ खेलाडीले व्यक्तिगत प्रतिस्पर्धामा सफलता हात पारेका छन् ।

नेपालका महिला यु–१८ खेलाडी श्रभनी श्रेष्ठ, अभिलाषा विष्ट र पुरुष खेलाडी आर्यन गिरीले सफलता हात पारेका हुन् । श्रभनीले भारतकी श्रीनिधी रेड्डी अमिरेड्डीलाई ३–१ को सेटमा हराइन् ।

पहिलो सेट ७–६ ले हराएकी श्रभनीले दोस्रो सेटमा पुनरागमन गर्दै जित निकालिन् । उनले दोस्रो सेटमा ६–२ को अन्तर निकालिन् । तेस्रो सेट ६–१ ले आफ्नो पक्षमा पारिन् ।

यस्तै अभिलाषाले भारतकी खुसी गुलाटीलाई २–० को सेटमा हराइन् । उनले ६–१ र ६–१ कै सेटमा पाखा लगाउँदै जितको सुरुवात गरिन् । उता पुरुष एकल तर्फ आर्यनले भारतका प्रनभ कोराडेलाई ७–५ र ६–४ ले हराए ।

उता सामुहित तर्फ भने नेपालकी इशाश्री शाह र श्रभनी श्रेष्ठको जोडीले नेपालकै रोमिका बुद्धचार्य र काशीसको जोडिलाई २–० को सोझो सेटमा हराए ।

पुरुष सामुहिक तर्फ नेपालका आरभ सम्राट हाडा र एकस् जुवेन रावतको जोडीले भारतका चन्दन शिवराज र क्रिलिस त्यागिको जोडिलाई हराए । मंगबार २५ खेल सम्पन्न भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->