शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

कांग्रेसमा धमाधम उम्मेदवारी घोषणा: गण्डकीबाट दर्जनौं आकांक्षी

कांग्रेसमा धमाधम उम्मेदवारी घोषणा: गण्डकीबाट दर्जनौं आकांक्षी


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०७८, बुधबार

पोखरा – नेपाली कांग्रेसको केन्द्री पदाधिकारी तथा सदस्यम गण्डकीबाटै दर्जनौं आकांक्षी देखिएका छन् । १४ औं महाधिवेशनमा तनहुँका वरिष्ठ नेता रामचन्द्र पौेडेल सभापतिका दावेदार हुन् भने तनहुँकै प्रदीप पौडेलले महामन्त्री लड्ने घोषणा गरेका छन् । कास्कीका जीवन परियारले नेपाली कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार उनले काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् दलिततर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिने जनाएका हुन् ।
तनहुँका गोविन्द भट्टराई र शंकर भण्डारी सहमहामन्त्रीका आकांक्षी हुन् । गण्डकीका विना विभागीय मन्त्री डोबाटे विश्वकर्मा, ध्रुव वाग्ले, रामचन्द्र पोख्रेललगायले पनि केन्द्रीय सदस्य ताकेका छन् । तनहुँबाट संविधानसभा सदस्य रामचन्द्र पोखरेलले मंगलबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा केन्दं्रीय सदस्य उठ्ने बताए ।

पोखरेल तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भएका थिए । उनले पार्टीका नेता कार्यकर्ताको भावना र सल्लाहअनुसार उम्मेदवारी दिन लागेको बताए ।
कुन प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेबारे उनले खुलाएनन् । काठमाडौँ गएर नेतासँग सरसल्लाहा गरेपछि मात्रै कुन प्यानलबाट आफुले उम्मेदवारी दिनेबारे निर्णय लिने पोखरेलले स्पष्ट पारे । ‘हाम्रा जिल्लाका वरिष्ठ नेता रामचन्द्र पौडेलको उठ्नुभयो भने सम्भवत त्यही प्यानलबाट मेरो उम्मेद्वारी हुन सक्छ’,उनले भने ।

कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा आएको बरिष्ठ नेता रामचन्द्र पौडेल र शंकार कोईरालासँग केन्द्रीय सदस्यमा आफ्नो इच्छा रहेको उनले सुनाएका थिए । यस अगाडीका महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा आकंक्षा व्यक्त गर्दै ब्याक भइरहने नेता हुन पोखरेल । यसपाली आफु कुनै हालतमा ब्याक नहुने उनको दावी छ ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको मुख्य सचिवको रुपमा काम गरिसकेकाले आफु अनुभव प्राप्त भएकाले केन्द्रीय सदस्यमा विजयी हुनेमा ढुक्क रहेको उनले बताए । २०१७ सालमा सम्पन्न कांग्रेसको सप्तम महाधिवेशन, २०४८ सालदेखि १४ औं महाधिवेशनसम्मको यात्रामा आफु रहेकाले जित सुनिश्चित रहेको उनको दावी छ । जिल्ला विकास समितिको पूर्व सभापति पोखरेल जिल्ला विकास समिति महासंघका संस्थापक महासचिव समेत हुन् ।
कास्कीका यज्ञबहादुर थापा,सोभियतबहादुर अधिकारी, देवराज चालिसे, विन्दुकुमार थापा पनि केन्द्रीय सदस्यका दावेदार छन् । गुरु बरालले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने वीरेन्द्रनारायण विजुक्छेले सामाजिक सञ्जालमार्फत् आफूलाई मत दिन आग्रह गरेका छन् । कास्कीकै निर्मल कर्माचार्य र ऋषि काफ्ले पनि केन्द्रीय सदस्यका दावेदार हुन् । स्याङ्जाका धनराज गुरुङ सहमहामन्त्रीका दावेदार हुन् । स्याङ्जाबाट कांग्रेसका पूर्वउपभापति गोपालमान श्रेष्ठले सभापतिमा दावेदारी गरेका छन् । पर्वतका नवराज गुरुङले आदिवासी–जनजातिको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् ।

बागलुङबाट गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र तत्कालीन संविधानसभा सदस्य प्रकाश शर्मा पौडेलले नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनीहरुले बागलुङ कांग्रेसको भावना र चाहना अनुसार केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएका छन् ।

कँडेल गण्डकी प्रदेशसभामा समानुपातिक सांसद हुन भने पौडेल पहिलो संविधानसभा सदस्य हुन् । नेपाली कांग्रेस बागलुङको पूर्वसभापति रहेका दुवैजनाले आफू केन्द्रीय सदस्यका लागि योग्य भएको दाबी गर्दै आएका छन् । उनीहरु बागलुङ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भएका थिए ।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल,नवलपुरबाट हालका महामन्त्री शशांक कोइराला,विनोद चौधरी,विष्णुदेवी पाण्डे,विष्णुकुमार कार्की, ओमबहादुर घर्ती मगर,शंकर तिवारी,सीता पाण्डेहरु पनि केन्द्रीय समिति ताकेर बसेका छन् ।

नेपाली कांग्रेसको मंसिर २४ गतेदेखि काठमाडौंमा सुरु हुने १४ औं महाधिवेशनमा पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षी नेताहरु काठमाडौं पुगिसकेका छन् । हालका सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच प्यानल नै बनाएर चुनाव हुने भएकाले दुबै पक्षका नेताहरु प्यानलमा आफ्नो नाम पार्नको लागि लविङमा छन् । कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीका अनुसार कास्कीबाट केन्द्रीय पदाधिकारी तथा सदस्यमा उम्मेदवारी दिनेहरुबीच कम्तिमा एक–अर्कालाई सघाउने सहमति हुनसक्ने सम्भावना चाहिँ रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->