बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँमा अवैध सालको काठसहित एक पक्राउ

तनहुँमा अवैध सालको काठसहित एक पक्राउ


  • ढोरपाटन संवाददाता
  • मंसिर २३ २०७८, बिहिबार

तनहुँ/ तनहुँमा अवैध सालको काठ सहित एक जना पक्राउ परेका छन् । देवघाट गाउँपालिका स्थायी घर भई शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी बस्ने २५ बर्षीय हेमन्त थापालाई शुक्लागण्डकीको कैँडलेबाट प्रहरीले पक्राउ गरेको हो ।

थापाले शुक्लागण्डकी नगरपालिका–६ जाम्दीबाट ग १ त २०१८ नम्बरको ट्याक्टरमा लोड गरेर खैरेनीटारतर्फ सालको काठ ल्याउदै गर्दा पक्राउ गरेको जिल्ला प्रहरीका कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए । ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले सानो ठुलो १५ थान सालको काठ सहित ट्याक्टर र युवकलाई नियन्त्रणमा लिएर सव डिभिजन वन कार्यालय बेलचौतारामा पठाईएको उनले जानकारी दिए ।

प्रहरीले बुधबार राती नियन्त्रणमा लिएको काठबारे विहीबार साँझ मात्रै सार्वजनिक गरेको छ । नियन्त्रणमा लिएर प्रहरीले बुझाएको काठको बारेमा वन कार्यालयले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->