बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘नवलपुरमा एमालेले सदस्य पनि जित्दैन’

‘नवलपुरमा एमालेले सदस्य पनि जित्दैन’

थारु संग्रहालयलाई सघाउँछु : मन्त्री श्रेष्ठ


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०७८, शुक्रबार

नवलपुर/ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसानकुमार श्रेष्ठले नेकपा एकीकृत समाजवादीमा प्रवेशको लहर बढेको जिकिर गरेका छन् । मन्त्री श्रेष्ठले बिहीबार नेकपा एकीकृत समाजवादी कावासोती नगरपालिका कमिटीको प्रथम सम्मेलन, नगर कमिटी घोषणा तथा सपथ ग्रहण समारोहलाई सम्वोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले नवलपुरमा एमालेले कुनै पनि चुनाव जित्न नसक्नेसमेत ठोकुवा गरे । नगर सम्मेलनमा उपस्थित कार्यकर्ता र अधिकांश एमाले छोडेर र अन्य विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा गोलबन्द समूहलाई सम्बोधन गर्ने क्रममा नेकपा एमालेले नवलपुरमा पनि अब एकीकृत समाजवादी बेगर कुनै पनि चुनावमा एउटा सदस्य पनि जित्न नसक्ने ठोकुवा गरेका हुन् । उनले भने, ‘माननीय तिलक महत तपार्इंले एकीकृत समाजवादी बिना नवलपुरमा सदस्य पनि जित्न जिताउन सक्नुहुन्न ।’

कार्यक्रममा बिहीबार पनि जिल्लाभरबाट २ सय ५० बढी कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेको पार्टी स्रोतको दाबी छ । कार्यक्रममा उद्घोषकले नवप्रवेशीको नाम उच्चारण गर्दा मन्त्री श्रेष्ठ तथा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पार्टीका केन्द्रीय उपाध्यक्ष केशवलाल श्रेष्ठलेस्वागत गरेका थिए ।

उपाध्यक्ष श्रेष्ठले नेकपा एमाले केपी शर्मा ओलीको निजी कम्पनीको रुपमा परिस्कृत हुँदा विद्रोह गरेको जिकिर गरे । आफूहरुले यसअघि नै गरेको निचोड भर्खर सम्पन्न एमालेको दशौं महाधिवेशनले पुष्टि गरेको टिप्पणी गरे । श्रेष्ठले एकीकृत समाजवादीले गरिब, उत्पीडित, मजदुर, किसान लगायत वर्गको हितमा नेतृत्व गर्ने उदेश्यका साथ स्थापित भएको दाबी गरे ।

यसैबीच, नेकपा एकिकृत समाजवादी कावासोती नगर कमिटी गठन भएको छ । आज कावासोती १६ डण्डा स्थित थारु संग्रहालयमा भएको प्रथम नगर सम्मेलनले ५९ सदस्यीय नगर कमिटी घोषणा गरेको हो ।
अध्यक्षमा गिरीधारी सिग्देल, उपाध्यक्षमा कर्ण जिसी र लक्ष्मण पाण्डे, सचिवमा मौलादिन मियाँ, सहसचिवमा सूर्यकिरण कोइराला र ज्ञानु राना चुनिएका छन् । जिल्ला कमिटी सदस्य तथा कावासोती नगर इन्चार्ज कोपिल काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अनेरास्ववियू केन्द्रीय कमिटीका सचिव ठाकुर पराजुलीले गरेका थिए ।

नगर सम्मेलनलाई गण्डकी प्रदेश कमिटिका अध्यक्ष रामजी शर्मा, सचिव प्रतापलाल श्रेष्ठ, केन्द्रीय कमिटि सदस्य एवं जिल्ला इन्चार्ज डा. गोपाल खनाल, जिल्ला अध्यक्ष शालिकराम भटराई, समाजवादी युवा संघ पे्रमनारायण पाण्डे, सुष्मा काफ्ले लगायतले बोलेका थिए ।

थारु संग्रहालयलाई सघाउँछु : मन्त्री श्रेष्ठ

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसनकुमार श्रेष्ठले कावासोती १६ डण्डास्थित थारु संग्रहालयको अवलोकन गरेका छन् । थारु संग्रहालय परिसरमा आयोजित नेकपा एसको पार्टी कार्यक्रममा आएका मन्त्री श्रेष्ठले संग्रहालयको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा मन्त्री श्रेष्ठले सहयोगको आश्वासन दिएका छन् ।
संग्रहालयमा राखिएका परम्परागत तथा अहिले पनि प्रचलनमा रहेका थारुका मौलिकता झल्कने सामग्रीहरुको अवलोकनपछि अनौपचारिक रुपमा संग्रहालय ब्यवस्थापन समितिले आफ्ना कुराहरु मौखिक रुपमा राखेका थिए । मन्त्री श्रेष्ठले प्रोपोजल लिएर तुरुन्त मन्त्रालय आउन भनेका छन् । आफ्नो मातहतबाट हुनेसम्मको गर्ने र पर्यटन मन्त्रालयसँगको समन्वय गरिदिने समेत बचन दिएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->