आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जुनियर आइटिएफ वल्र्ड टेनिसमा नेपाललाई महिला एकलतर्फ दुई पदक

जुनियर आइटिएफ वल्र्ड टेनिसमा नेपाललाई महिला एकलतर्फ दुई पदक


  • विजय नेपाली
  • मंसिर २५ २०७८, शनिबार

पोखरा – पोखरामा सम्पन्न व्लर्ड टेनिस टुर जे–५ सर्किट २ मा नेपालले महिला तर्फको एकल प्रतिस्पर्धामा मात्रै पदक ल्याउन सफल भएका छन् । नेपालकी सलोनी तामाङले नेपालकै श्रवणी श्रेष्ठलाई २–१ को सेटमा हराँदै स्वर्ण जितेकी हुन् । सलोनीले ६–४, ४–६ र ६–१ को सेटमा हराउँदै स्वर्ण जित्न सफल भइन् । श्रवनीले भने रजतमै चित्त बुझाइन् ।

महिला तर्फको सामुहिकमा भारतले स्वर्ण र रजत हात पा¥यो । भारतकी नियाती कुक्रेती र हान्ना नागपालको जोडीले स्वर्ण तथा रिया दुगर र तनुश्री पाण्डेको जोडिले रजत पदक हात परिन् । पुरुषतर्फको एकलमा स्विडेनका इमाइलो जियोलोस्कीले स्वर्ण पदक जित्दा हङ्गेरीका लोरन्ट ग्योरीले रजत हात पारे ।
उता, समुहगत तर्फभने भारतरका कविर चावरिया र दकस प्रसादको जोडिले अमेरिकाका मेथ्रि ब्राटो र सिदार्थ लामाको जोडिलाई फाइनलमा हराउँदै स्वर्ण जिते ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->