पोखरा/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को शनिबार देशैभरका शाखाहरुमा शनिबार अधिवशेन सम्पन्न गर्न कार्यक्रम अनुसार गण्डकीका ७ वटै शाखा अधिवेशन सम्पन्न भएका छन् ।
जिल्ला शाखाहरुको अधिवेशनले कास्कीको अध्यक्षमा दिलप्रसाद गुरुङ, स्याङजामा तिलक गुरुङ, बागलुङमा प्रकाश छन्त्याल, म्याग्दीमा साधन राम्जाली, तनहुँमा किरण श्रेष्ठ, लमजुङमा आसबहादुर गुरुङ र नवलपुरमा चन्दा गुरुङ निर्विरोध चयन भएका प्रदेश अध्यक्ष एमबी आस्थाले जानकारी दिए । फोनिज कास्कीको उपाध्यक्षमा बिनाकुमारी थापा, सचिवमा सुशिल श्रेष्ठ, सहसचिवमा सम्राट गुरुङ र कोषाध्यक्षमा रमेश गुरुङ र सदस्यहरुमा गिता रानामगर, देविका तामाङ, मनप्रसाद गुरुङ, अल्चना श्रेष्ठ, प्राश्ना मानन्धर, रोजी बुढा मगर, योगन्द्र श्रेष्ठ र बसबहादुर शेर्पा निर्विरोध चयन भएका छन् ।
फोनिज स्याङजाको उपाध्यक्षमा संगिता मगर, सचिवमा धनु गुरुङ, सहसचिवमा अस्मिता राना मगर, कोषाध्यक्षमा अनिशा रानामगर र सदस्यहरुमा जमुना गुरुङ, याम सोमै, ओमप्रसाद गुरुङ, रिमा गुरुङ चयन हुनुभएको प्रदेश प्रतिनिधि सुशान्त(अर्जुन) गाहाले जानकारी दिए । बागलुङ फोनिजको उपाध्यक्षमा मञ्जुल शाक्य, सचिवमा डम्मर बुढामगर, सहसचिवमा छलिता बुढा मगर, कोषाध्यक्षमा तिलक घर्ती मगर र सदस्यहरुमा सर्मिला रोका मगर, लक्ष्मी अर्गेजा मगर, देउमाया राना कुमाल, सुरेश छन्त्याल चयन हुनुभएको प्रदेश महासचिव रुद्रबहादुर श्रीसले बताए ।|
यस्तैगरी म्याग्दी जिल्ला शाखाको उपाध्यक्षमा दलप्रसाद तिलिजा, सचिवमा समिर रोका, सहसचिवमा मनु थापामगर, कोषाध्यक्षमा धनिलाल गर्बुजा र सदस्यहरु सुदर्शनकुमार श्रेष्ठ, दिपा बुढाथोकी, लिलकुमारी पुर्जा, थबहादुर पुन निर्वाचित हुनुभएको प्रदेश प्रतिनिधि गणेश गुरुङले जानकारी दिए । तनहुँ जिल्ला शाखाको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिव ममता गुरुङ, सहसचिव सुबिना थापा मगर, कोषाध्यक्षमा संजय श्रेष्ठ र सदस्यहरुमा मिलन तामाङ, नुक्त भुजेल, एलोज श्रेष्ठ, मोहनराज आले, करुणा थापामगर र करिश्मा गुरुङ चयन भएका छन् ।
लमजुङ जिल्ला शाखाको उपाध्यक्षमा जनक श्रेष्ठ, सचिवमा रबिना गुरुङ, सहसचिवमा सुमित्रा भुजेल, कोषाध्यक्षमा देवेन्द्र गुरुङ (सुरज),सदस्यहरुमा अंगु गुरुङ(प्रिती), एलिसा श्रेष्ठ, प्रेममाया गुरुङ, खुशीमाया गुरुङ, खुशी गुरुङ र सुनिता भुजेल चयन भएका छन् ।नवलपुरको उपाध्यक्ष्यमा राजन थकाली,सचिवमा टोल वहादुर राना मगर, कोषाध्यक्षमा यामु कुमाल र सहसचिवमा कृष्णमाया थापा र सदस्यहरुमा खेमनारायण महतो, शिला गुरुङ, तेजेन्द्र राना, पुजा गुरुङ, टेकबहादुर रजाली, भिम वहादुर राना, याम वहादुर सोमै र चन्द्रा कुमारी महतो सर्वसम्मत चयन भएका छन् ।





