पोखरा/गत वर्ष करेन्ट लागेर मृत्यु भएकी माछापुच्छ«े–३ धिताल कि अविश्री पौडेलको सम्झनामा अक्षयकोष स्थापना भएको छ । स्वर्गीय अविश्रीको नाममा उनका बुबा त्रिविक्रम पौडेल र आमा शिवकुमारी अधिकारीले सोमबार ५१ हजार रुपैयाँको अबिश्री अक्षयकोष स्थापना गरेका हुन् ।
पोखरा ३१ बेगनासमा रहेको श्री आनन्द ज्योति माध्यमिक विद्यालयले सञ्चालन गर्ने गरी उक्त अक्षयकोष स्थापना भएको विद्यालयका प्रधानध्यापक शिवराज अधिकारीले जानकारी दिए ।कोषको ब्याजबाट आउने रकम आनन्द ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत २ जना विद्यार्थीलाई प्रदान गरिने गरेर अक्षयकोष स्थापना भएको विद्यालयले जनाएको छ । ब्याजको आधा रकम हरेक वर्ष कक्षा ५ बाट पास हुने एक जना उत्कृष्ट छात्रा र आधा रकम विद्यालयका सर्वोकृष्ट विद्यार्थीलाई प्रदान गरिने जनाइएको छ ।
सोही कार्यक्रममा स्वर्गीय आविश्रीका बुबा आमाले छोरीको सम्झनामा कक्षा ५ सम्मका ५० जना छात्र छात्रालाई शैक्षिक सामाग्री समेत प्रदान गरेको विद्यालयले जनाइएको छ । ११ वर्षीय आविश्रीको गत वर्ष करेन्ट लागेर ज्यान गएको थियो ।





