बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘राजनीतिक दलले मुलुकलाई बन्धक बनाए’

‘राजनीतिक दलले मुलुकलाई बन्धक बनाए’


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०७८, मंगलबार

नवलपुर÷राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलले ३१ वर्षदेखि मुलुकलाई बन्धक बनाएर राखेको आरोप लगाएका छन् ।नवलपुरको कावासोतीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादीले मुलुकलाई बन्धक बनाएको आरोप लगाएका हुन् ।
प्रजातन्त्र, गणतन्त्र र धर्म निरपेक्षको नाममा कांग्रेस, एमाले र माओवादीले मुलुकलाई बन्धक बनाएको भन्दै अब मुख्य राजनीतिक शक्तिको रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विश्वास गर्न आग्रहसमेत गरे ।राजतन्त्र र सनातन हिन्दु धर्मले मात्र नेपालको समृद्धि र विकासमा टेवा पु¥याउने भन्दै अबको निर्वाचनमा राप्रपा पहिलो पार्टी हुने दाबी गर्न लिङ्देन चुकेनन् ।
गणतन्त्र र धर्म निरपेक्ष बनाउने योजना राखेका विदेशीको चलखेलमा परेका राजनीतिक दललाई अब जनता आफैंले पाखा लगाउने लिङ्देनको भनाइ थियो ।दुई दिनसम्म नवलपुरको कावासोतीमा हुने प्रदेश सम्मेलनले आगामी कार्यनीति र प्रदेश राजनीतिक दस्तावेज तयार पार्ने राप्रपा नवलपुरका जिल्ला अध्यक्ष विष्णु अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->