मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

आजदेखि मौसममा सुधार आउने

आजदेखि मौसममा सुधार आउने


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०७८, बिहिबार

बागलुङ/ आजदेखि मौसममा क्रमिक सुधार आउने भएको छ ।
अहिले बिहान भने केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का बदली र हिमपातको सम्भावना छ । दिउँसोदेखि धेरैजसो क्षेत्रमा मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु वासीले जानकारी दिइन् ।

उनकाअनुसार प्रदेश १, बागमती र गण्डकीका केही पहाडी क्षेत्रमा सामान्य वर्षाको सम्भावना रहे पनि ती प्रदेशमा मौसम सफा भइसकेको छ ।

काठमाडौं उपत्यकाको मौसममा पनि क्रमिक सुधार भइरहेको छ । हिजो बिहानैदेखि देशका सबैजसो भूभागमा वर्षा तथा हिमपात भएको थियो । वर्षा र हिमपातका कारण धेरैजसो क्षेत्रको अधिकतम तापक्रम घटेको छ। वर्षापछि मौसम सफा हुँदै जाँदा चिसो थप बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->