काठमाडौं – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र कार्यक्रम स्थगित भएको छ । आइतबार १ बजेसम्मका लागि बन्दसत्र कार्यक्रम स्थगित भएको हो ।
सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि थप गृहकार्य गर्नुपर्ने भएकोले आइतबार १ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको महाधिवेशन प्रचार तथा प्रकाशन उपसमितिले जानकारी दिएको छ ।
शनिबारको बन्दसत्रमा पार्टी अध्यक्ष प्रचण्डले सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकोले बन्दसत्र आइतबार १ बजेसम्मका लागि स्थगित गर्न प्रस्ताव गरेका थिए ।
नयाँ विधानअनुसार पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने जनाइएको छ। सोहीअनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय हुने जनाइएको छ ।





