पोखरा/ मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलेसदस्य सेवा केन्द्र कसेरीको प्रथम वार्षिकोत्सवको अवसरमा आँखा शिविर गरेको छ । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा बिहीबारकसेरीस्थित सदस्य सेवा केन्द्र परिसरमा शिविर भएको हो ।
शिविरमा ६ सय जनाको आँखा जाँच गरिएको छ । जसमध्ये १सय५० जनालाई चस्मा उपलब्ध गराइएको छ भने ६ जनालाई थप उपचार गर्न अस्पताल रेफर गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले जानकारी दिए ।
सचिव कुशल पौडेलले सहजीकरण गरेको कार्यक्रममाकार्यकारी अधिकृत पौडेलले स्वागत गरेका थिए । कार्यक्रममा हिमालय आँखा अस्पतालकी नेत्र अधिकृत शशीकमला लामिछाने, संस्थाका अध्यक्ष रमण पौडेलले बालेका थिए ।





