बागलुङ/बागलुङ बहुउदेश्यीय सहकारी संस्थाको २० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । पौष २२ गतेदेखी एकाईगत रुपमा भएको साधारणसभा सोमबार सम्पन्न भएको हो ।
साधारणसभाको समापन समारोहमा बोल्दै सहकारीका संरक्षक तथा समाजसेवी देबबहादुर श्रेष्ठले आर्थिक तथा समाजिक रुपान्त्रणका लागि सहकारी क्षेत्रले महत्वपुर्ण भुमिका निर्वाह गनुैपर्नेमा जोड दिए । उनले सहकारीको उन्नती र प्रगतिको लागि संचालक समिति लगायत सेयर सदस्यको महत्वपुर्ण भुमिका हुने बताए ।
राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसीले सहकारीले सामाजिक र आर्थिक क्षेत्रमा गरेका महत्वपुर्ण कामको उचित मुल्यांकन नभएको बताए । जिसीले सहकारी संस्थालाई उचाईमा पुर्याउनका लागि सेयर सदस्यको सरोकार र आवश्यकतासंग जोड्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा जिल्ला सहकारी सघंका अध्यक्ष दिपक गौतम, बहुउदेश्यीय सहकारी संघका अध्यक्ष दुर्गाबहादुर कुँवर, बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष युवराज राजभण्डारी, ग्रिन डेभलपमेन्ट बैंकका अध्यक्ष कृष्णशंकर श्रेष्ठ, सिवाईसी सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा र एकता सहकारी संस्थाका अध्यक्ष धुव्रप्रसाद गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका सचिव हरिप्रसाद गौतमले प्रस्तुत गरेको प्रगति प्रतिबेदन, कोषाध्यक्ष राजेन्द्र प्रसाद शाक्यले प्रस्तुत गरेको आर्थिक र लेखा समितिका संयोजक रामचन्द्र शर्माले प्रस्तुत गरेको लेखा समितिको प्रतिबेदन छलफल पछि पारित भएको थियो ।
सो अवसरमा सहकारीमा बिभिन्न क्षेत्रबाट योगदान पुर्याउने तथा असल कारोबारी, असल ऋणी लगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रम बागलुङ बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष अशोक गोविन्द राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष उषा पौडेलको स्वागत र सचिव हरिप्रसाद गौतमको संचालनमा सम्पन्न भएको थियो ।





