बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘निषेधित’ देवघाटमा १२ हजार भक्तजन !

‘निषेधित’ देवघाटमा १२ हजार भक्तजन !

देवघाट प्रवेश गर्ने नाका आँपटारी, ठिमुरा, दासढुंगा र रामनगरबाट प्रवेशमा रोक लगाएको छ । तैपनि पनि मकर स्नान गर्न झण्डै १२ हजार भक्तजन पुगेका छन् ।


  • विनोद ढुंगाना
  • माघ २ २०७८, आइतबार

तनहुँ/रोना भाइरस फैलने जोखिमले शिल गरिएको तीर्थस्थल देवघाटमा माघे संक्रान्तिको दिन झण्डै १२ हजार भक्तजन पुगेका छन् । गोसाइँकुण्डबाट बगेको त्रिशुली र दामोदरकुण्डबाट बगेको कालीगण्डकीको संगम देवघाटको वेणीमा मकर स्नान गर्नाले पूण्य प्राप्त हुने जनविश्वासले शिल हुँदाहुँदैपनि हजारौँ भक्तजन देवघाट पुगेका हुन् ।

कोरोनाको ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलन थालेपछि देवघाट क्षेत्रमा हुने माघे संक्रान्ति मेला स्थगित गरिएको थियो । जिल्ला प्रशासन कार्यालय चितवनको आदेश अनुसार शुक्रबार दिउँसो २ बजेदेखि शनिबार दिउँसो २ बजेसम्म देवघाट क्षेत्र प्रवेश गर्ने नाका शिल समेत गरिएको थियो । देवघाट प्रवेश गर्ने नाका आँपटारी, ठिमुरा, दासढुंगा र रामनगरबाट प्रवेशमा रोक लगाएको छ । तैपनि पनि मकर स्नान गर्न झण्डै १२ हजार भक्तजन पुगेका छन् ।
भक्तजन बिहानैदेखि गेटमा आएर बसेपछि बिहान साढे ८ बजेदेखि पैदलयात्रीलाई देवघाट प्रवेश गर्न दिइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक घिरणबाबु घिमिरेले बताए । त्यसपछि साँझसम्म १० देखि १२ हजार भक्तजन देवघाटमा स्नान गर्न आएको अनुमान गरेको उनले जनाए ।

‘प्रशासनको आदेश अनुसार देवघाटमा लाग्ने माघे संक्रान्ति मेला स्थगित गरेका थियौं । ९० प्रतिशत तयारी पूरा भइसकेको थियो । देवघाट शिल भएको सूचना जारी गरेका थियौं,’ उनले भने,‘नाका शिल हुदा समेत भक्तजन आउनुभयो । देवघाटप्रतिको आस्था,महिमाका कारणले हो ।’

विगतको तुलनामा यसपाली देवघाट सुनसान बनेको घिमिरे बताउँछन् । मेला स्थगित गरेर नाका शिल नभएको भए देवघाटमा भक्तजनको घुइँचोले खुट्टा टेक्ने ठाउँ समेत नहुने उनले उल्लेख गरे । विगतका वर्षमा देवघाटमा मकर स्नान गर्न पाँच लाख बढी भक्तजना आउने गरेका थिए । देशभरबाट माघे संक्रान्तिमा देवघाटमा स्नान गर्नलाई आउने भक्तजनको भिड अघिल्लो दिनबाटै लाग्दथ्यो । भजनकीर्तनले देवघाट क्षेत्र गुञ्जायमान हुने गरेपनि यसपालि सुनसान नै रह्यो ।
देवघाटधामस्थित बेनीमा शुक्रबार बिहान बाँसको लिंगो गाडेर माघे संक्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । कोरोनाको जोखिमले गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरिसहित सन्त–महन्त, बटुक लगायत स्थानीयको उपस्थितिमा मात्रै बाँसको लिंगो ठड्याएर मेलाको शुभारम्भ गरिएको हो । माघे संक्रान्तिमा देवघाटमा हुने मेला देशकै ठूलो र प्रसिद्ध मानिन्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->