मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

कालीगण्डकी किनारमा वृद्धाश्रम बनाउँदै बागलुङ नगरपालिका

कालीगण्डकी किनारमा वृद्धाश्रम बनाउँदै बागलुङ नगरपालिका


  • ढोरपाटन संवाददाता
  • माघ २ २०७८, आइतबार

बागलुङ/ नेपाल सरकारको बिशेष अनुदान बजेट परिचालन गरेर बागलुङ नगरपालिकाले यहाँको निरयघाटमा वृद्धाश्रम बनाउने भएको छ । शनिवार बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले एक समारोहका बीच वृद्धाश्रमको शिलान्यास गरेका छन् ।

वृद्धाश्रम शिलान्यास गर्दै नगरपालिकाले सामाजिक उत्तरदायित्वको काममा पनि उत्तिकै अगुवाई गरेको बताए । भौतिक बिकास निर्माण जस्तै सामाजिक संरचना र सामाजिक अभियानलाईपनि बिकासको रुपमा हेरेको उनले दावी गरे ।
पछिल्लो समय वृद्दाश्रम अनिवार्य जस्तै भएको भन्दै पौडेलले घरमा जस्तै सेवा सुविधा पाउने गरी वृद्धवृद्धालाई राख्ने व्यवस्थापनकालागि यो भवन उपयोग हुने बताए । २ करोड ५७ लाख ९० हजार रुपैयाँको लागतमा निर्माण हुने यो वृद्धाश्रम आगामी असार मसान्त भित्रै सक्नुपर्ने लक्ष छ ।

वृद्धाश्रमको अन्य निर्माणको काम बाँकी रहने र आगामी बर्ष समेत थप गर्दै जाने योजना भएपनि चालु बर्षको उक्त बजेटबाट भने पहिलो चरणको काम गरिने बताइएको छ । जुम्ली निर्माण सेवाले यो वृद्धाश्रम बनाउने ठेक्का लिएको छ । यो ठेक्कामा दुइवटा आरििससी भवन बन्ने नगरपालिकाले जनाएको छ ।

यो भवनमा वृद्धवृद्धालाई योगा गराउने, पूजा तथा सत्सग गर्ने व्यवस्था र भान्सा समेत हुनेछ । भुइ तलामै सबै सेवा दिने गरी बनाउन लागिएको यो भवनमा घरपरिवारबाट बहिस्करणमा परेका वा अन्य अत्यावस्यक सेवा लिनुपर्ने वृद्धवृद्धालाई राखिने छ ।

पछिल्लो समय निरयघाटमा मानवसेवा आश्रमको भवन पनि निर्माणाधिन छ । आश्रममा हाल रहेका ५० जना भन्दा बढी मानिसलार्य व्यवस्थित रुपमा राख्नकालागि आश्रम समेत निर्माण गरिएको हो । यो आश्रमकालागि पनि बागलुङ नगरपालिका र प्रदेश सरकारको साझेदारी छ । आश्रम व्यवस्थापन समितिले यहाँको निर्माणलाई हेर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->